चोरीको ७१ लाख ७९ हजार भारुसहित १ जना पक्राउ

गणेश चौधरी

टीकापुर — भारतको गुजरातबाट ल्याउँदै गरेको ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैयाँसहित प्रहरीले भजनी नगरपालिका–३ बर्दवाफाटाबाट एक जनालाई पक्राउ गरेको छ ।

चोरीको ७१ लाख ७९ हजार भारुसहित १ जना पक्राउ

जनपद र सशस्त्र प्रहरीको संयुक्त टोलीले लम्कीचुहा नगरपालिका १ का ३१ वर्षीय कृष्णराज जोशीलाई आइतबार पक्राउ गरेको हो । जोशीले से ४ प ६७६० नम्बरको मोटरसाइकलमा नेपाल-भारत सीमाको मरियाघाटबाट बोरामा आलु, केही किराना सामान र पैसा लुकाइ ल्याएका थिए । जोशीको भनाइ उदृत गर्दै इलाका प्रहरीका कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले चोरीमा ५ जना संलग्न रहेको बताए ।

असोज ३ गते राति गुजरातका श्रपहच नामका व्यक्तिको घरमा रकम चोरेको जोशीले प्रहरीसमक्ष बयान दिएका छन् । घटनाको थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७५ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?