कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले जोगबुडा नदी किनारका बस्ती डुबानमा

भवानी भट्ट

कञ्चनपुर — लगातारको वर्षापछि कञ्चनपुरको महाकाली नगरपालिकाको  जोगबुडा नदी किनारका बस्तीहरु डुबानमा परेका छन् । महाकाली–८ सुन्दरनगर र १० कुतियाकभरका बस्ती डुबानमा परेका हुन। 

बाढीले जोगबुडा नदी किनारका बस्ती डुबानमा

जोगबुडा नदीमा आएको बाढीका कारण ती बस्तीहरु डुबानमा परेको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए । चन्दकाअनुसार सुन्दरनगरमा नदी किनारका १० वटा पसल र ५ घर डुबानमा परेका छन् । ‘बिहान ४ बजेदेखि बाढी बस्तीमा पसेको हो,’ उनले भने, ‘अहिले बिस्तारै घट्न थालेको छ ।’


यसैगरी कुतियाकभरमा बाढी बस्तीमा पस्नुका साथै जोगबुडा नदीमा निर्माण गरिएको झोलुंगे पुल समेत कटानका कारण जोखिममा परेको प्रहरी निरीक्षक चन्दले बताए । उनले कटान नियन्त्रणका लागि सुरक्षाकर्मी र स्थानीय जुटेको बताए । नदीमा पानी घट्ने क्रम सुरु भए पनि कटान नरोएिको उनले जानकारी दिए ।

प्रकाशित : आश्विन ९, २०७५ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?