१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

टीकापुरका विद्यालय ४ दिन बन्द

गणेश चौधरी

टीकापुर — टीकापुर स्रोत केन्द्र अन्तर्गत रहेका विद्यालय मंगलबारबाट ४ दिनका लागि बन्द भएका छन् । शिक्षक सेवा आयोगको परिक्षाका कारण शिक्षकहरु विद्यालय नआउने भएपछि स्रोत केन्द्रस्तरीय प्रधानाध्यापकहरुको निर्णयले विद्यालय बन्द गरिएको स्रोत व्यक्ति धनबहादुर शाहीले बताए । 

टीकापुरका विद्यालय ४ दिन बन्द

उनका अनुसार टीकापुर स्रोत केन्द्रमा रहेका ३४ विद्यालयका २ सय ३४ शिक्षकमध्ये १ सय ४९ शिक्षक शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुन जाँदैछन् । उनले भने, ‘विद्यार्थीहरु विद्यालय आउने तर शिक्षक नहुँदा पढाइ नुहने भएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।’


एक विद्यालयबाट करिब ६ जना शिक्षक शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुने भएकाले विद्यालय बन्द गर्नु परेको स्रोत व्यक्ति शाहीले बताए ।

प्रकाशित : आश्विन ९, २०७५ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?