कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरिंगालले टोकेर बालकको मृत्यु

वसन्तप्रताप सिंह

बझाङ — अरिंगालले टोक्दा ३ वर्षीय बालकको मृत्यु भएको छ । केदार स्यु गाँउपालिका-२ कोटिगाँउ बस्ने रणबहादुर विष्टका ३ वर्षीय छोरा कुमार विष्टको मृत्यु भएको हो ।

अरिंगालले टोकेर बालकको मृत्यु

अरिंगालको टोकाईबाट सोही गाउँका अन्य ३ जना बालक घाईते भएका छन् ।


घाईते हुनेहरुमा ५ वर्षीय अमित विष्ट, ४ वर्षीय भरत विष्ट र ७ वर्षीया रूपा विष्ट रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको छ ।


घर नजिकैको टुनीको रुखमा रहेको अरिंगालको गोलोमा खेल्ने क्रममा ढुंगा हानेपछि अरिंगालले टोकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : आश्विन २८, २०७५ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?