१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

व्यापारिक भवनमा आगलागी 

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको दुई तले भवनमा आगलागी भएको छ । गणेश लक्ष्मी इन्टरप्राईज रहेको भवनको माथिल्लो तलामा सोमबार दिउँसो आगो लागेको हो ।

व्यापारिक भवनमा आगलागी 

आगलागीबाट जुत्ता चप्पललगायतका भन्डारण गरिएका सामान जलेका छन् । भवनको तल्लो तलामा व्यापारी प्रेम गौतमले जुत्ता चप्पलका होलसेल पसल सञ्चालन गरेका छन् ।


आगो धनगढी उपमहानगरपालिकोको दुई वटा दमकलका साथ स्थानीय ब्यापारी र सुरक्षाकर्मीले निभाएका थिए ।


आगो लाग्नुको कारण खुलेको छैन । भवनको माथिल्लो तलामा विद्युत् लाइन सर्ट भएको आशंका गरिएको छ । भूइँतालाका सटर पसलका सामानमा पनि आशिंक क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनका अनुसार आगजनी भएको घरभित्रका सबै सामान सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

प्रकाशित : कार्तिक ५, २०७५ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?