१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जिप दुघर्टनामा तीन घाइते

मनोज बडू

दार्चुला — महाकाली नगरपालिका-२ सेलाबाट यात्रु पुगाएर सदरमुकाम खलंगा फर्कने बेला जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

जिप दुघर्टनामा तीन घाइते

से१ज २६७ नम्बरको जिप महाकाली नगरपालिका-३ काटै नजिक दिउँसो ५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिप दुर्घटना हुँदा सवारी चालक महाकाली नगरपालिका-४ बङ्गाबगडका जागिरा नामले चिनिने गगनसिंह धामी, दुहु गाउँपालिका-३ पोक्स्याका कैले भट्ट र नौगाड गाउँपालिका-२ खारका रघुवीर सिंह ठगुन्ना घाइते भएको स्थानीय मुकेश जोशीले जानकारी दिए । घाइते तीन जनामध्ये सवारी चालक जागिरा सख्त घाइते रहेको प्रहरीले जनाएको छ ।

घाइते तीनै जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएको घटनास्थलमा पुगेका डिएसपी नवराज अधिकारीले बताए । जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको जनाएको छ ।


प्रकाशित : कार्तिक ११, २०७५ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?