१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

अछाम प्रहरीद्वारा २७ जुवाडे पक्राउ

मेनुका ढुंगाना

अछाम — अछाम प्रहरीले जुवा खेल्दै गरेका २७ जनालाई पक्राउ गरेको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-३ स्थित विनायक बजारबाट शुक्रबार राति जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबाट ४६ हजार ७ सय ५६ रुपैयाँ बरामद गरिएको अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकरी दिएका छन् । शाहीका अनुसार शुक्रबार राति जिल्ला प्रहरी कार्यालयको रात्रि गस्ती टोली विनायक बजार पुगेका बेला बजारमा होहल्लाका साथ जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका मध्ये २ जना गम्भीर प्रकृतिका विरामी भएकोले छोडिएको छ भने ५ जनालाई जिल्ला प्रहरी कार्यालय र अन्य २० जनालाई इलाका प्रहरी कार्यालय विनायक राखिएको छ । पक्राउ परेकाहरुलाई कानुन अनुसार कारबाही हुने डिएसपी शाहीले बताए ।


प्रकाशित : कार्तिक २४, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?