कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुपथ मूल्य पसलमा भीड

मोहन शाही

डोटी — चाडबाडका बेला राहत दिन गाउँपालिकाले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको घुइँचो लागेको छ । दसैंअघि सञ्चालनमा ल्याउने भने पनि तिहारअघि मात्र गाउँपालिकाले सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । 

बजार मूल्यभन्दा सस्तोमा सामग्री पाएपछि स्थानीयवासी दंग भएका छन् । सस्तोमा नुन र चिनी

किन्न आएको केआईसिंह गाउँपालिका वडा नं. १ की रातुली ताम्राकारले बताइन् ।


गाउँपालिकाले बजारमा २० रुपैयाँ पर्ने आयोडिनयुक्त नुन रु. ८ र ८० रुपैयाँ किलो पर्ने चिनी ६० मा सुपथ मूल्य पसलमा बिक्री वितरण गरिरहेको छ । ‘चाडबाडका बेला हाम्रा लागि त यो निकै राहत हो,’ सस्तोमा नुन र चिनी पाएकामा खुसी हुँदै रातुलीले भनिन्, ‘यसलाई अझै व्यवस्थित र नियमित गरे ठूलो गुन मान्ने थियौं ।’


वडास्तरमा स्थापना गरेका सुपथ मूल्य पसलबाट प्रतिपरिवारलाई ५ किलो चिनी र ३ किलो नुन दिइएको गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले बताए । ‘गाउँपालिकाभित्र ५५ सय घरधुरी रहेका छन्,’ अध्यक्ष शाहीले भने, ‘सबै घरधुरीले चिनी र नुन आफूलाई आवश्यक पर्ने लगिसकेका छन्, उपभोक्ताको भीड अझै बाँकी देखिएकोले यसबाट हामी आगामी वर्षका लागि पनि यस्तै प्रकारको सस्तो पसल सञ्चालनका लागि हौसिएका छौं ।’


दसैंअघि सरकारले चिनीको मूल्य तोक्न नसक्दा गाउँपालिकाले पनि दसैंअघि सुपथ मूल्य पसल सञ्चालन गर्न सकेको थिएन । साल्ट ट्ेरडिङबाट खरिद गरी पसल सञ्चालन गर्ने मनस्थिति बनाएको गाउँपालिकाले तिहारअघि व्यापारीबाट चिनी खरिद गरेर योजना अघि बढाएको थियो । व्यापारीबाट गाउँपालिकाले सस्तो पसलका लागि चिनी खरिद गरेलगत्तै सरकारले पनि चिनीको मूल्य तोकेको थियो ।

वडा तहमा गाउँपालिकाले छनोट गरेका सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । गाउँपालिकाले सुपथ मूल्य पसलका लागि गाउँसभाबाट ७ लाख रकम विनियोजित गरेको थियो । सो गाउँपालिकाको वडा नं. १ र २ का लागि तिखात्तर, वडा नं. ३ का लागि वासुदेवी, वडा नं. ४ का लागि वायल, वडा नं. ५ का लागि रानागाउँ तथा वडा नं. ६ र ७ का लागि भूमिराजमाडौंमा पसल स्थापना गरिएको थियो ।


गाउँपालिकाले २ सय १५ टन चिनी र १ सय २९ टन नुन खरिद गरी सस्तो पसल सञ्चालन गर्न सहकारी संस्थालाई उपलब्ध गराएको हो ।

प्रकाशित : कार्तिक २७, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?