कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

धर्ना बसेका निर्मला पन्तका आमा–बुवा बिरामी 

भवानी भट्ट

कञ्चनपुर — बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया छोरीका हत्यारालाई कारबाही माग गर्दै धर्नामा बसेका मृतक निर्मला पन्तका आमा–बुवा बिरामी परेका छन् । 

धर्ना बसेका निर्मला पन्तका आमा–बुवा बिरामी 

गत आइतबार देखि मृतक पन्तका आफन्त कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा धर्ना बसेका छन् ।

निर्मलाका बुवा यज्ञराजलाई ज्वरो आएको र रक्तचाप घटेको छ । आमा दुर्गादेवीको पनि रक्तचाप घटेको माहाकाली अञ्चल अस्पतालका चिकित्सक डा. किशोर बोहराले बताए । दुवै जनाको रगत जाँच पछि थप उपचार बारे निर्णय गरिने डा. बोहराले बताए ।

प्रकाशित : कार्तिक २९, २०७५ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?