डडेल्धुरामा जिप दुर्घटना, दुईजनाको मृत्यु  

डीआर पन्त

डडेल्धुरा — भागेश्वरको बोकटाबाट सदरमुकाम आउँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा ११ जना घाइते छन् । 

डडेल्धुरामा जिप दुर्घटना, दुईजनाको मृत्यु  

शनिबार बिहान ११ बजेतिर भागेश्वर–४ लाकममा म १ ज १८० नम्बरको सडकबाट १ सय ५० मिटर तल खसेको हो ।


दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ११ जना मध्ये ४ जनाकाे अवस्था गम्भिर रहेकाे जनाइएकाे छ । उनीहरुलाई उपचारका लागि उपक्षेत्रिय अस्पताल डडेल्धुरा ल्याइदैँछ ।

प्रकाशित : मंसिर १, २०७५ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?