कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बझाङमा विप्लवको प्रर्दशन 

बसन्तप्रताप सिंह

बझाङ — नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले बझाङमा प्रदर्शन गरेका छन् । उनीहरुले सदरमुकाम चैनपुरमा नारबाजी गर्दै बजार परिक्रमा गरेका हुन् ।

बझाङमा विप्लवको प्रर्दशन 

नेकपा विप्लव समर्थक उच्च नेताहरु भूमिगत भएको भन्दै सरकारले आरोप लगाएकोले आफूहरु भुमिगत नभएको प्रमाण दिन प्रर्दशन गरिएको विप्लव समर्थकहरुले बताएका छन् ।


‘हामी भूमिगत नभई जनताको माँझमा छौं,’ नेकपाका जिल्ला सदस्य जोगबहादुर कठायतले भने ‘भूमिगत गतिविधि गरेको आरोपमा हाम्रा नेता कार्यकर्ता माथि सरकारले गरेको धरपकडको विरोधमा प्रर्दशन गरेका हौं ।’


सदरमुकाम चैनपुरमा विप्लव समर्थकले निकालेको ऱ्याली । तस्बिर : बसन्तप्रताप सिंह/कान्तिपुर

चैनपुरको खुल्ला मञ्चमा निकालेको ऱ्यालीले बजार परिक्रममा पछि लोकतान्त्रिक चोकमा कोण सभासमेत गरेको थियो । कोण सभालाई सम्बोधन गर्दै जिल्ला सचिव भरत मल्लले देशमा गणतन्त्र आइसक्दा पनि गरिब झन् विपन्न हुँदै गएको र धनी झन् धनी हुँदै गएकोले यसका विरुद्ध आफूहरुले संर्घष थालेको बताए ।


उनले स्थानीय सरकार संचालन गरिरहेका जनप्रतिनिधीहरुले जनता र गाउँको विकासको लागि नभई शक्ति र पैसाका लागि राजनीति गरिरहेको आरोप समेत लगाए । उनले जनताहरु विगतको जस्तो अन्याय सहेर नबस्ने भन्दै जनप्रतिनिधिहरुका गलत क्रियाकलापको विरोध गरिने बताए ।

प्रकाशित : मंसिर ४, २०७५ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?