आन्तरिक विवादले कांग्रेस कमजोर : निधि

अर्जुन शाह

धनगढी — कांग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको आन्तरिक विवादले लोकतन्त्र कमजोर भएको बताएका छन् । ‘कांग्रेसभित्र गुटबन्दीले समस्या भयो’, प्रेस युनियान कैलालीले मंगलबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा निधिले भने, ‘महासमिति बैठकपछि सबै विवादको अन्त्य हुन्छ ।’

आन्तरिक विवादले कांग्रेस कमजोर : निधि

प्रदेशलाई अधिकार नदिनु पनि उपसभापति निधिले गलत नियत भएको बताए । ‘प्रदेशलाई अधिकार दिन नखोज्नु भनेको सबै अधिकार आफैंमा केन्द्रित गरेर संघीयता मास्न खोज्ने नियत हो’ उनले भने, 'प्रदेश र संघ सरकारले आवश्यक कानुन निर्माण नगर्दा स्थानीय तह र प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठ्न थालेको छ ।’

प्रदेश बलियो हुनुपर्नेमा जोड दिँदै निधिले निजामती कर्मचारी, प्रहरी नियुक्ति, बढुवा र कारवाहीको अधिकार प्रदेशमै हस्तान्तरण भएमात्रै संघीयता संस्थागत र बलियो हुने बताए । ‘प्रदेशमा कार्यरत कर्मचारीहरु प्रदेश सरकारप्रति उत्तरदायी नभएसम्म काम छैन’ उनले भने ‘प्रहरीको सई सम्म सरुवाको अधिकार मात्र प्रदेशलाई दिइन थालेको समाचार सुनिएको छ, त्यो हास्यास्पद हो’ उनले भने ।


कांग्रेस आगामी निर्वाचनमा पहिलो पार्टी हुने दावी गर्दै निधिले अहिलेको सरकारले दुई तिहाईको नाममा मनपरी गरिरहेको आरोप लगाए । पार्टीको सुदूरपश्चिमस्तरीय भेलामा सहभागी हुन निधि धनगढी पुगेका हुन् ।

प्रकाशित : मंसिर ४, २०७५ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?