कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मलाका परिवारले थालेको धर्नामा पुगे डा. केसी

भवानी भट्ट

कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै पीडित परिवारले सुरु गरेको धर्नामा डा. गोविन्द केसीले पनि ऐक्यबद्धता जनाएका छन् । मंगलबार धर्नास्थल पुगेर उनले न्यायका लागि सुरु गरिएको लडाइँमा साथ र समर्थन जनाएका हुन् ।

निर्मलाका परिवारले थालेको धर्नामा पुगे डा. केसी

डा. केसी पनि केहीबेर धर्ना बसेका थिए । ‘न्यायका लागि ढिलोचाँडो नेपाली जनताले दवाव सिर्जना गर्नेछन्’ डा. केसीले भने, ‘त्यतिबेला उत्पन्न हुने परिस्थितिको सरकारले अनुमान लगाउन सक्दैन ।’ उनले न्याय माग्ने भन्दा पनि लिएरै छाड्ने अठोट व्यक्त गरे ।


उनले महेनद्रनगर पुगेर पुस २ देखि चिकित्सा शिक्षाको सुधारसँगै निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै सत्याग्रह सुरु गर्ने दोहोर्‍याए । उनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत अनशन घोषणा गरेका थिए । डा. केसीले अहिलेको सरकार दृष्टीविहीन, कान नसुन्ने र अपराधीसमेत भएको आरोप लगाए । ‘अपराधी जोगाउने सरकार आफैं अपराधी हो’ उनले भने, ‘प्रधानमन्त्री, गृहमन्त्री र अन्य नेताहरुलाई लाज लाग्नु पर्ने हो ।’


बझाङको देउलेकमा स्वास्थ्य शिविर सञ्चालनका लागि धनगढी पुगेका डा. केसी धर्नामा समर्थन जनाउन महेन्द्रनगर पुगेका हुन् । सार्वजनिक बस चढेर आएका उनी जिल्ला प्रशासन कार्यालयसम्म पैदल हिँडेरै पुगेका थिए ।

प्रकाशित : मंसिर ११, २०७५ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?