कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सुरक्षित प्रवासनमा महिला

डोटी — आप्रवासी महिला समूहले कामका लागि भारत तथा तेस्रो मुलुक जानेहरूको आवागमनलाई सुरक्षित बनाउन अपनाउनुपर्ने सचेतनाको बारेमा जानकारी गराउन थालेका छन् ।

उनीहरूले घर परिवारमा वैदेशिक यात्रामा जाने सदस्यहरूलाई त जानकारी गराउछौं नै, अन्य टोल छिमेकमा पनि चाडबाडको समयमा विभिन्न जनचेतनामूलक नाटक, बैठक, छलफल गरेर वैदेशिक रोजगारमा जानेहरूको आवागमनलाई सुरक्षित बनाउन पहल गर्ने गरेका हुन् ।


शिखर नगरपालिका–२ खचेडाकी सुनौला आप्रवासन समूहकी सदस्य लक्ष्मी विकले कामको खोजीमा भारत जानेहरूका लागि सुरक्षित र आइपर्ने समस्याहरूका बारेमा जानकारी गराइरहेको बताइन् । यहाँका महिला समस्या समाधानका लागि विभिन्न प्रयासमा जुटेका छन् ।


‘विदेशमा काम गर्न जाँदा हाम्रा श्रीमान्, दाजुभाइ ठगिने गरेका छन्,’ शिखर नगरपालिका–६ कोटकी तेडी आप्रवासी समूहकी उपाध्यक्ष पार्वती बलायरले भनिन्, ‘आवश्यक कागजात आफूसँग बोक्ने, विदेशबाट पैसा पठाउँदा बैंकमार्फत पठाउनेबारे उनीहरूलाई आवश्यक जानकारी गराउने गरेका छौं ।’


अधिकांश महिला समूह बनाएर पैसा जम्मा गर्नुका साथै त्यो पैसा सामान्य ब्याजमा लगानी गरी आय आर्जनमुखी कार्यमा लगानी गरेको पाइन्छ । वैदेशिक रोजगारको सिलसिलामा बाहिरी मुलुक गएका घरपरिवारहरूले मिलेर त्यस्तो सामूहिक रूपमा समूहमार्फत काम गर्ने प्रस्तावमा आयआर्जनका कार्यक्रममा सहयोग गर्न तयार रहेको शिखर नगरपालिकाका नगर प्रमुख सीताराम जोशीले बताए । उनले साझा योजनाहरूमा सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।


निड्स नेपाल नामक गैरसरकारी संस्थाले सुरक्षित आप्रवासन प्रवद्र्धन तथा मानव बेचबिखन रोकथाम परियोजना अन्तर्गत वैदेशिक यात्रालाई सुरक्षित बनाउन सूचना केन्द्रहरू स्थापना गरेको छ ।

प्रकाशित : पुस ३, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?