१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

खोटो भण्डारमा आगलागी, १६ लाख क्षतिको अनुमान [तस्बिरहरु]

बझाङ — खोटो भण्डारमा आगलागी हुँदा १६ लाख बढीको क्षति भएको छ । आगलागीबाट स्थानीयका तीन सय कुखुरा मरेका छन् । दिव्या रोजिन एण्ड टर्पेइन्टाइन कम्पनीले जिल्लाका विभिन्न जंगलबाट खोटो संकलन गरी राखेको ठाउँमा मंगलबार दिउँसो आगलागी भएको हो ।

खोटो भण्डारमा आगलागी, १६ लाख क्षतिको अनुमान [तस्बिरहरु]

आगलागीबाट २ हजार ६ सय ९३ कन्टर (४६ हजार ७ सय ७४ किलो) खोटो जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यसबाट झण्डै १४ लाख रुपैयाँ बराबरको नोक्सान पुगेको कम्पनीका सञ्चालक खड्ग बमले जानकारी दिए ।


यस्तै आगलागीबाट जयपृथ्वी नगरपालिका ११ का लालबहादुर खातीको फर्मका सबै कुखुरा मरेका छन् । खोटो थुपारेको ठाउँबाट करिब ८ मिटर टाढा रहेको फर्मका कुखुराहरु आगोको रापले मरेका हुन् । ती मरेका कुखुराको मूल्य स्थानीय बजारमा ३ लाख बराबर पर्ने खातीले बताए ।


दिउँसो साढे १२ बजेतिर लागेको आगो नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा ३ बजेतिर निभाइएको थियो । आगलागीका बेला सुरक्षाकर्मीले नजिकैका घरका सरसामान सुरक्षित स्थानमा सार्न लगाएका थिए । आगलागी भएको करिब १ घण्टापछि जयपृथ्वी नगरपालिकाको दमकल आइपुगेको थियो । आगलागीबारे केही पनि खुलेको छैन । आगलागीबारे अनुसन्धान भइरहेको डिएसपी प्रविण धितालको भनाइ छ ।











प्रकाशित : पुस ३, २०७५ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?