३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

टीकापुरमा विज्ञान तथा कला संग्रहालय

शिक्षक, विद्यार्थी तथा अभिभावकलाई विज्ञान, कला र प्रकृति बुझ्न सहज
गणेश चौधरी

टीकापुर — टीकापुर पार्कनजिक विज्ञान संग्रहालय स्थापना भएको छ । विद्यार्थीले विद्यालयमा सैद्धान्तिक ज्ञान हासिल गरे पनि प्रयोगात्मक रुपमा बुझन सजिलो होस भनेर संग्रहालय खुलेको हो । 

संग्रहालयमा विद्यार्थीले सुर्यको किरणमा भएका ७ रङ किन सेतो मात्र देखिन्छ र यसलाई ७ रङमा कसरी देखाउन सकिन्छ ?, पानी र हावाबाट कसरी विजुली निस्कन्छ ?, रोबोटले मान्छेको बोली कसरी बुझछ ? र लोप भएका डाइनोसर कस्ता थिए ?


कसरी बोल्थेलगायत प्रश्नको उत्तर संग्रहालयमा पाउन सक्ने सञ्चालक विजयराज शाहीले बताए । संग्रहालयमा विज्ञान सामग्री तथा मूर्तिका साथै बास तथा गहुँको छालीबाट बनाइएका सामग्री र चित्रकला पनि हेर्न पाइन्छ ।


विद्यार्थीले कला संस्कृतिका साथै विभिन्न चराचुरुंगी र जातजातिका बासस्थल पनि अवलोकन गर्न पाउने शाहीको भनाइ छ । ‘टीकापुरको स्मार्ट सिटीको परिकल्पनाका साथै भुकम्पले भत्किएको नेपालको धरहराको नमुना पनि अवलोकन गर्न सकिने बनाएका छौं,’ उनले भने ।सुरुमा विभिन्न ठाउँमा विज्ञान प्रदर्शनी गर्दा राम्रो प्रतिक्रिया आएकाले स्थायी रुपमा यसलाई निरन्तरताको लागि संग्रहालय खोलिएको शाहीको भनाइ छ ।


उनले भने, ‘विज्ञान संग्रहालयमा विद्यार्थी रमाउँछन् र सिक्छन् पनि ।’ बाल्यकालमा फाटेका चप्पलका पांग्रा बनाएर खेलौना गाडी बनाउने, माटाका सामग्री बनाउँदा बनाउँदै विज्ञानका सामग्री बनाउन थालेको उनले बताए ।


उनले भने, ‘संग्रहालयमा विद्यार्थी तथा अभिभावक आउदा विज्ञान, कला र प्रकृतिलाई बुझन सजिलो सजिलो होस भनेर तीन कुरालाई जोड दिएका छौं ।’


विभिन्न कालखण्डका बैज्ञानिकले अविश्कार गरेका सामग्री र उनीहरूको परिचय पनि संग्रहालयमा राखिएको छ । यसले विद्यार्थीलाई कुन बैज्ञानिकले कुन सामग्री कहिले आविष्कार गरेका हुन भन्ने व्यवहारिक रुपमा थाहा पाउन सक्ने भएका छन् । ‘पहिला रहरका रुपमा गरेका थियौं । अहिले यसलाई व्यावसायिक रुप दिन थालेका छौं,’ शाहीले भने, ‘संग्रहालयमा आउनेहरू रमाउनेछन् । सिक्नेछन् भन्ने आशा लिएका छौं र यसले टीकापुरको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्नेछ ।’


संग्रहालय हेर्न आएका टीकापुरका दिलबहादुर चौधरीले बालबालिकाले सिक्ने र विज्ञान शिक्षकले राम्रोसित बालबालिकालाई बुझाउन सक्ने सीपको विकास भएको बताए ।

प्रकाशित : पुस १६, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?