कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिखरमा नगर बस

मोहन शाही

डोटी — शिखर नगरपालिकाले आइतबारदेखि नगरबस सञ्चालन गरेको छ । नगरभित्र यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको नगर बस सेवाको आइतबार नगर प्रमुख सीताराम जोशीले उद्घाटन गरेका छन् ।

शिखरमा नगर बस

५६ लाख ६० हजार लगानीमा २६ सिट क्षमता भएका २ बस सञ्चालन गरिएको छ । नगरपालिकाले कोरालखोलादेखि जिल्ला सदरमुकाम सिलगढीसम्म यातायात सेवा उपलब्ध गराउने योजना रहेको उद्घाटन कार्यक्रममा जानकारी दिइएको छ ।


निजी क्षेत्रबाट सञ्चालन हुने सवारी साधनको भाडाभन्दा २० प्रतिशत न्युन भाडादर कायम गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ ।


यसअघि दिपायल सिलगढी नगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याएको थियो । आर्थिक पारदर्शिताका लागि अनुगमन समिति तथा ब्यवस्थापन समिति गठन तथा निर्देशिका तयार पारिएको कार्यकारी अधिकृत धर्मराज बिनाडीले बताए ।

प्रकाशित : पुस १६, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?