कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गैंडाको खाग बरामद

मोहन बुढाऐर

धनगढी — कैलाली जिल्ला प्रहरीको अनुसन्धान टिमले गैंडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बाजुरा बुढीगंगा ३ बह्मतोला घर भई हाल धनगढी उप– महानगरपालिका ५ बस्ने ५१ वर्षीय चक्र भण्डारीलाई गैंडाको खागसहित पक्राउ गरेर बुधबार सार्वजनिक गरेको छ ।

ग्राहक बनेर गएका प्रहरीले उनलाई खागसहित धनगढी जाई भन्ने ठाउँमा पक्राउ गरेको हो । ‘भण्डारी वन्यजन्तु आखेटोपहारको अवैध चोरी सिकारी ओसार पसार तथा बिक्री वितरणमा संलग्न रहेको सूचना थियो’ डीएसपी हरिबहादुर ओलीले भने, ‘उनलाई प्रहरीले करिब डेढ महिनादेखि पिछा गरिरहेको थियो । पछ्याउँदै जाँदा उनीसँग खाग रहेको थाहा भयो । लुकाएर राखेको खाग बरामद गर्न प्रहरी आफैं ग्राहक बनेको हो ।’


डीएसपी ओलीले मंगलबार धनगढी जाईमा रहेको गगन सिंह रौउलेको घरमा बसेको अवस्थामा भण्डारी पक्राउ परेको बताए । भण्डारीलाई पक्राउ गरी थप आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाइने डीएसपीले जानकारी दिए । प्रहरीका अनुसार भण्डारीसँग फेला परेको खागको तौल १ किलो २९० ग्राम रहेको छ ।


डीएसपी ओलीका अनुसार प्रारम्भिक अनुसन्धानमा भारतको राष्ट्रिय निकुञ्जतिरबाट मारिएको गंैडाको खाग एक बाट अर्काेलाई बिक्री हुँदैं यहाँसम्म पुगेको हुन सक्ने अनुमान गरिएको छ । ‘समातिएका व्यक्तिले पनि अर्काेबाट खरिद गरी बिक्री गर्न खोजेको थाहा भएको छ’ उनले भने, ‘ग्राहक बनेर प्रहरीले पक्राउ गरेको हो ।’


गैंडा कैलालीको जंगल तथा जैविक मार्गमा भने छैन । शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जमा भने गैंडा रहेका छन् । पछिल्लो समयमा शुक्लाफाँटामा निकुञ्जमा संरक्षित गैंडा मारिएको घटना भने सार्वजनिक भएको छैन । नेपालको शुक्लाफाँटा र बर्दिया निकुञ्जसँग जोडिएको भारतको दुदुवा लक्काबग्गा आरक्षित क्षेत्र, कतर्निया वाइल्ड लाइफ सेन्चुरी रहेको छ ।


सीमावर्ती क्षेत्रका वन्यजन्तुका तस्करबीचको सम्बन्ध पनि जोडिने गरेको छ । पश्चिम नेपालको ताक्लाकोटा नाकाबाट वन्यजन्तु आखेटोपहार अवैध रूपमा चीनको तिब्बततर्फ तस्करी हुने गरेको बताइन्छ ।

प्रकाशित : पुस १९, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?