दुई समूहबीच झगडा हुँदा एकको मृत्यु

अर्जुन शाह

धनगढी — कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच भएकाे झगडामा एक युवककाे मृत्यु भएकाे छ । अन्य ३ जना घाइते छन् ।

झडपका क्रममा गरिएको खुकुरी प्रहारबाट गोदावरी नगरपालिका–१ वनखेतीका २० वर्षीय अरुण भट्टको मृत्यु भएको हाे ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक गोपिन्द्र खड्काकाले दिएको जानकारी अनुसार धारिलो हतियार प्रहारबाट गम्भिर घाइते भएका भट्टलाई धनगढीस्थित सेती अञ्चल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । घटनामा १६ वर्षीय हरि राई, सवि कट्टेल र राजेश नेपाली घाइते भएका हुन् ।


राईको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने २२ वर्षीय सविन कट्टेलको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्नहरु फरार रहेको प्रहरी निरीक्षक खड्काले बताए । घटनाको थप अनुसन्धान र फरारहरुको खोजी भइरहेको खड्काले बताए ।


अत्तरियामा सञ्चालन भइरहेको महोत्सवस्थल नजिकै पौने ६ बजेतिर युवाहरुको दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ ६, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?