कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध

रासस

अमरगढी — डडेल्धुरामा सोमबार राति परेको हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ । 

हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध

दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गमा सोमबार रातिदेखि यातायात सेवा चलेको छैनन् ।


बैतडीकाे पाटन नगरपालिका ८ खाेड्पेमा साेमबार राति परेकाे हिउँ । तस्बिर साैजन्य : बसन्त बिष्ट


डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँखर्क, भत्कडाँ, स्याउले बजारलगायत क्षेत्रमा करिब चार इन्च बाक्लो हिउँ जमेको छ ।



राजमार्गमा जमेको हिउँ हटाउन डोटीको बुडरबाट डोजर मगाइ सडक खुलाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।


नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गको हिउँ हटाउने र सडक खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसवर्ष यस क्षेत्रमा तेस्रो पटक हिमपात भएको हो ।

प्रकाशित : माघ ८, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?