कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चट्याङबाट दुईको मृत्यु

रासस

परशुराम — डडेल्धुराका फरक/फरक स्थानमा चट्याङ लागेर मंगलबार दुईजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा गन्याधुरा गाउँपालिका–५ गनेडा गाउँकी १२ वर्षीया रोशनी देउवा र आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन् । 

देउवाको उपचारका क्रममा डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो । भुवनेश्वरी माविमा पढिरहेको अवस्थामा एक्कासि चट्याङ लागेर रोशनी गम्भीर घाइते भएकी थिइन् । थापाको घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।


यसैबीच आलिताल गाउँपालिका–५ भित्रीसैनमा पनि चट्याङ लागेर चारजना घाइते भएका छन् । चारै जनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ ८, २०७५ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?