कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुदूरपश्चिमबाट श्रम स्वीकृति सुरु

चित्रांग थापा

धनगढी — सरकारले एकपटक वैदेशिक रोजगारीमा गएकाहरुको हकमा दोस्रो पटक त्यहीँ मुलुकमा जान प्रदेशबाटै पुन: श्रम स्वीकृति दिन थालेको छ ।  

शुक्रबार देखि सुदूरपश्चिम प्रदेशको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयले पुन : श्रम स्वीकृति दिन सुरु गरेको हो ।

श्रम तथा रोजगार कार्यालय धनगढीका निमित्त प्रमुख कृष्णानन्द जोशीका अनुसार एक पटक वैदेशिक रोजगारीका लागि गएकालाई दोस्रोपटक जानु परे ३ वर्षका लागि प्रदेशबाट नै श्रम स्वीकृति दिन सकिनेछ । ‘यो सुविधा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका श्रमिकहरुलाई प्रदान गरिने छ’ जोशीले भने । उक्त सेवाको शुक्रबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीे धनगढीमा शुभारम्भ गरेका छन् ।

कार्यालय प्रमुख जोशीका अनुसार यो व्यवस्था यसअघि प्रदेश २, ३, ५, गण्डकी र कर्णालीबाट सुरु भइसकेको छ । प्रदेशका श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार डेस्क पनि थपिएको जोशीले बताए ।

प्रदेशमा रहेका कार्यालयले पहिले श्रम स्वीकृति नलिएर गएकाहरुको हकमा अहिले वैधानिकरण गर्ने अधिकार प्रदेशका कार्यालयमा नरहेको जोशीले जानकारी दिए । ‘प्रदेश कार्यालयहरुले पुन : श्रम स्वीकृति प्रदान गर्दा कुनै प्रकारको अन्य शुल्क र दस्तुर लाग्दैन,’ उनले भने, ‘सम्वन्धित व्यक्तिले वैदेशिक प्रबर्द्धन बोर्डको कल्याण कोषमा १५ सय दस्तुर र वीमा वाफतको रकम आफैंले बैंकमा बुझाउनु पर्छ ।’

प्रकाशित : माघ ११, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?