कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सडक किनारमा युवक मृत भेटिए

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजीमा साेमबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी २५ वर्षीय मृतकको सनाखत हुन सकेको छैन । 

पूर्वपश्चिम राजमार्ग किनारमा शव भेटिएकाले सवारी साधनको ठक्करबाट मृत्यु भएको हुन सक्ने आशंका गरिएको प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी डा.मेखबहादुर खत्रीले बताए ।

‘अनुहारमा रगत लागेको छ, अन्य चोट पटक केही देखिएन,’ उनले भने । शव पोष्टमर्टमका लागि महाकाली अञ्चल अस्पतालमा पुर्‍याइएको छ ।

प्रकाशित : माघ २१, २०७५ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?