अदालत परिसरबाटै अभियुक्त फरार

अर्जुन शाह

धनगढी — करणीको अभियोगमा पक्राउ परेका एक अभियुक्त मंगलबार दिउँसो कैलाली जिल्ला अदालत परिसरबाटै फरार भएका छन् ।कैलालीको लम्कीका २३ वर्षीय दिल्प दमाईलाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत ल्याएको थियो ।

ईलाका प्रहरी कार्यालय लम्कीमा थुनामा रहेका दमाईलाई म्याद थपका लागि सोमबार धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभुषण तिमिल्सेनाले बताए । दमाईको खोजी भइरहेका एसपी तिम्सिनाले बताए ।

प्रकाशित : माघ २९, २०७५ १६:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

औषधिलाई माछा पसलजस्तो नबनाउन स्वास्थ्यमन्त्रीको चेतावनी

श्यामसुन्दर शशि

जनकपुर — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले औषधि पसलहरू माछा पसलजस्तै अस्तव्यस्त रहेको बताएका छन् । औषधि व्यवस्था विभागद्वारा मंगलबार यहाँ आयोजित एन्टिबायोटिकलगायतका औषधिको वैज्ञानिक प्रयोग विषयक एकदिवसीय कार्यशाला गोष्ठी सम्बोधन गर्दै मन्त्री यादवले भने, ‘जीवनरक्षक औषधिको भण्डारणमा ध्यान दिनुहोस् । यसलाई माछा पसल नबनाउनुस् ।’

उनले राम्रा चिकित्सक, अस्पताल तथा उपकरण मात्र भएर सही उपचार हुन नसक्ने जनाउँदै गुणस्तरीय औषधि विना सही उपचार सम्भव हुने बताए।

अधिकांश पसलमा औषधि अवैज्ञानिक तरिकाबाट गरिएको उल्लेख गर्दै उनले भने,‘औषधिको भण्डारण गर्दा हावा,पानी,घाम आदिलाई ख्याल गर्नुपर्दछ। अवैज्ञानिक रूपमा औषधि भण्डारण गर्दा गुणस्तरमा ह्रास आउँछ।’

मन्त्री यादवले सीमावर्ती विहार र झारखण्डमा निर्माण हुने गुणस्तरहीन औषधिहरूको चोरी तस्करी रोक्नुपर्ने बताए। उनले भने,‘सरकारले मान्यता दिएको औषधि मात्र विक्री गर्नोस्। चिकित्सकको प्रिस्किप्शन विना औषधि विक्री नगर्नोस्।’

प्रदेश २ मा अस्पताल,चिकित्सक तथा औषधिको अभाव नभए पनि यस प्रदेशको स्वास्थ्यस्थिती दुर्गम जिल्लाहरू भन्दा पनि खराब रहेको उनको कथन थियो। मन्त्री यादवले जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल,वीरगन्ज अस्पताललाई केन्द्रीय अस्पताल तथा राजविराज अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गरिने बताए।

धनुषाका १८ स्थानीय तहका प्रतिनिधि तथा स्थानीय औषधि व्यावसायीहरु सहभागी रहेको उक्त कार्यक्रममा औषधि व्यवस्था विभागका डिजी नारायण ढकाल तथा प्रशासक सन्तोष केसीले औषधिको वैज्ञानिक प्रयोग बारे कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित : माघ २९, २०७५ १६:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT