कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पानीमा कसरी फल्यो टमाटर ?

सुदूरपश्चिम महोत्सव
मोहन बुढाऐर

धनगढी — कैलालीको ग्रामिण भेगबाट सुदूरपश्चिम महोत्सव अवलोकन गर्न आएका किसान हर्क बोहरा पहिलो पटक पानीमा जरा हालेको टमाटर फलेको देखेर छक्क परे । माटो बिना पानीमा मात्रै कसरी टमाटरको बोट हुर्किएको होला रु उनमा कौतूहल जाग्यो । कृषि प्रदर्शनी स्थलमा रहेका प्राविधिकबाट पानीमा तरकारी कसरी फलाउन सकिन्छ भनेर जानकारी लिए । 

पानीमा कसरी फल्यो टमाटर ?

डोटी जोरायलका नन्दराज जोशी ट्राउट माछा पालनको ज्ञान लिएर घर फर्कर्े । बग्ने चिसो पानीमा ट्राउट माछा पालन गर्न सकिने र अहिले ट्राउटको बजार मागबारेमा जानकारी लिएको उनले बताए । उनी लामो समयदेखि पहाडी जिल्लामा माछा पालनको सम्भाव्यता अध्ययन गर्दै आएका छन । उनका अनुसार सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाका सदरमुकाममा अहिले पनि तराईबाट माछा आयात गरिन्छ । बासी माछा खान बाध्य ग्राहकलाई ताजा माछा दिन उनी पहाडमै माछा पोखरीको सम्भावना खोज्दै थिए ।


कैलाली उद्योग वाणिज्य संघले ‘आधुनिक प्रविधिसहितको कृषि व्यावसायिकता’ ब्यानरमा सुदूरपश्चिम महोत्सवमा बृहत कृषि प्रर्दशनी स्टल राखेको छ । उक्त प्रदर्शनीमा सयौं अवलोकनकर्ताले कृषि क्षेत्रमा भएको चामत्कारिक विकासलाई हेर्ने मौका पाइरहेका छन् । संघका अध्यक्ष पुष्प कुँवरका अनुसार कृषि वैज्ञानिक खेती, नयाँ प्रविधि र नगदे बाली र टिस्यु कल्चरबाट केरा उत्पादनलगायतका बारेमा प्रदर्शनीमा जानकारी दिने गरिएको छ । यस्तै पशुपंक्षी पालनतर्फ खडकनाथ कुखुरा र ट्रकिस चराहरू राखिएका छन्।

महोत्सवले मुख्यगरी स्थानिय उत्पादन र कृषिको आधुनिकीकरणलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । केरामा कैलाली आत्मनिर्भर बन्दै गएकाले पनि केरा खेतीलाई प्रोत्साहित गर्न खोजिएको छ । अध्यक्ष कुँवरले भने, ‘यो महोत्सवलाई सिजनल मेलाका रूपमा मात्रै हेरिनु हुँदैन । सुदूरपश्चिमको अनगन्ती सम्भावनाको उजागार गर्ने प्रदर्शनी स्थलका रूपमा पनि महोत्सवलाई बुझिदिन आग्रह गर्छु ।’


संघका अध्यक्ष कुँवरका अनुसार मेलामा हस्तकला बेतबासका सामग्री लगायतका सामग्रीहरूको प्रदर्शनी र बिक्री स्टल राखिएको छ । करिबव २ सय ५० स्टल रहेको महोत्सवमा केही अन्तर्राष्ट्रिय कम्पनीका उत्पादित बस्तुहरूको स्टलहरू पनि छन । दैनिक ४०र५० लाखभन्दा बढी आर्थिक कारोबार भइरहेको महोत्सवमा अवलोकनकर्ताले फुड रेस्टुरेन्टहरूमा स्थानीय परिकार फाउने माणा, बटुकको स्वाद पनि लिन पाइरहेको बताए । स्थानीय संस्कृतिलाई प्रवद्र्धन गर्दै महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूले अवलोकन गर्न आउने पाहुनालाई मनोरञ्जन दिइरहेको आयोजकले जानकारी दिएका छन् । कैलाली उद्योग वाणिज्य संघले १३ वर्षअघिदेखि निरन्तर महोत्सव आयोजना गर्दै आएको छ ।


सुरुवात वर्षदेखि महोत्सवका प्रमुख अतिथिलाई आयोजकले २१ बँुदे माग पत्रसहित २१ किलो मालाले स्वागत गर्दै आएका छन । यस पटक मुलुुक संघीय व्यवस्थामा गएकोले प्रदेश सरकारका मुख्यमन्त्रीलाई ७ किलोको माला र ७ बुँदे मागपत्र बुझाएको अध्यक्ष कँुवरले बताए ।

प्रकाशित : फाल्गुन १, २०७५ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?