२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

अन्तिम संस्कार गर्न भारत

गणेश चौधरी

टीकापुर — टीकापुरका मुस्लिम समुदायलाई अन्तिम संस्कारका लागि शव लगेर भारत जानुपर्ने बाध्यता छ । ‘यहॉ कव्रिस्तान (मुसलमानहरूलाई मृत्युपछि दफन (गाडने) गर्ने ठाउँ) नहुँदा भारत पुर्‍याउनुपर्ने अवस्था छ,’ टीकापुरका अकबर अली कुरेसीले भने, ‘केही दिन अघि एक जना महिलाको मृत्यु भयो । दफनाउने ठाउ‘ भएन । २ दिनपछि भारतको तिकुनिया लगेर अन्तिम संस्कार गर्‍यौ ।’

भारतको तिुकुनिया लग्दा नेपालको मानिस किन यहॉ ल्याएको भनेर भारतीयले खुब विवाद गरेको उनले सुनाए । उनले भने, ‘टीकापुर अस्पतालमा मृत्यु भएको कागज देखायौं । शव ल्याइसकेपछि फेरी कसरी फिर्ता लगौं भनेपछि बल्ल बल्ल दफनाउन दिए ।’ करिब ५ वर्ष अघि हलिम कुरेसीको मृत्यु हुँदा पनि ठाउ‘ नपाएपछि बर्दियाको राजापुरमा लगेर दफन गरिएको अकबर अलीले बताए । ‘टीकापुरमा हामीलाई मान्छे दफनाउने जग्गा भएन,’ उनले भने ।


बढो सहरीकरणसँगै अहिले उनीहरूको कव्रिस्तानका लागि छुट्याइएको जग्गा अरुले नै कव्जा गरिदिएकोले समस्या भएको मुस्लिम समुदायका अगुवा बताउँछन् । स्थानीय हसनेम कुरेसीले भने, ‘बाँचुन्जेल त मान्छेलाई चिन्ता छ । समस्या छ । हामीलाई त हामी वा हाम्रा आफन्त बितेमा कहॉ दफन गर्ने भन्ने चिन्ता पनि थपिएको छ ।’


टीकापुर स्थापना हुदा २०२७ सालतिर मासुको व्यवसायका लागि मुसलमान समुदाय ल्याइएका थिए । तत्कालीन गृहमन्त्री तथा टीकापुरका संस्थापक खड्गहादुर सिंहले उनीहरूलाई बसोबास, मस्जिद, करबला र कव्रिस्तान सबैको व्यवस्थाका लागि जग्गा छुट्याइदिएको उनीहरू बताउँछन् ।


त्यतिबेला जमरा कुलो किनारमा करिब ३ बिघा जग्गा खड्गबहादुर सिहले छुट्याइदिएको अकबर अलीले बताए । उनले भने, ‘एकातिर गिरीपुरी समुदायको थियो । अर्कातिर हाम्रो थियो । अहिले त्यो जग्गामा सबै सुकुम्बासी बसेका छन । हामीले कव्रिस्तानका लागि ठाउ‘ नै पाएनौं ।’ केही वर्ष अघिसम्म सिंहले छुट्याइदिएको जग्गामा शव गाड्दै आए पनि अब त्यो सम्भव नरहेको कुरेसीले बताए ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?