१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

घाम नलाग्दा तीनदिनयता सञ्चार अवरुद्ध

मनोज बडू

दार्चुला — तीन दिनदेखि मौसम बदली भएका कारण सञ्चार सेवा अवरुद्ध भएको छ । सोलार प्रणालीबाट संचालनमा रहेको जिल्लाको मुख्य रिपिटर टावरमा घाम नलाग्दा शुक्रबार रातिबाट बन्द रहेको सञ्चार अझै सञ्चालनमा आउन सकेको छैन । 

यसअघि दुई साता पहिले पनि हिमपातका कारण बन्द हुन पुगेको नेटवर्क फेरि अवरुद्ध भएको हो । विद्युतकै कारण पटक–पटक जिल्लाको सञ्चार अवरोध हुदा समेत कसैको ध्यान पुग्न सकेको छैन । घाम नलागेका कारण शुक्रबार बेलुकादेखि बन्द रहेका टेलिफोनहरु अझै सञ्चालनमा आउन सकेका छैनन् ।


नमस्ते, स्काई मोबाईल, एडिएसएल इन्टरनेट लगायत सबै किसिमका सेवा बन्द रहेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । ल्याण्डलाईन फोनमा स्थानीय कलमात्र गर्न मिल्ने सेवा टेलिकमले जनाएको छ ।


मालिकार्जुन गाँउपालिकाको बालशिखरस्थित रिपिटर टावरसम्म विद्युत लाइन नपुग्दा जिल्लाको सञ्चार सेवा घामका भरमा रहेको छ । टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुदा सरकारी गैरसरकारी, बैंक लगायतका सेवाहरु बढी प्रभावित भएका छन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?