१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुत्केरीको हेलिकप्टरबाट उद्धार

अर्जुन शाह

(धनगढी) — २ दिनसम्म साल पाठेघरमै अड्किएर सिकिस्त भएकी सुत्केरीलाई बुधबार बाजुराबाट हेलिकोप्टरमा उद्धार गरी काठमाडौंको प्रसूति गृहमा पुर्‍याइएको छ । उद्धार गरिएकी २२ वर्षीया अन्जना बोहरा गौमुल गाउँपालिका–१ अन्द्राणी बाजुराकी बासिन्दा हुन् । साल नझरेर अत्यधिक रक्तश्राव भएपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको गाउँपालिकाका अध्यक्ष हरि रोकायाले बताएका छन् ।

सुत्केरीको हेलिकप्टरबाट उद्धार

अभिभावकले रक्तश्रावपछि सिकिस्त बोहरालाई पिठ्युमा बोकेर २ दिन टाढा रहेको जिल्ला सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालसमेत लैजान सकेका थिएनन् । बच्चाको अवस्था भने सामान्य रहेको परिवारले जनाएका छन् ।


सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले भने, ‘सुत्केरी भएपछि २ दिनसम्म रक्तश्राप भएकी बोहरालाई काठमाडौं लगिएको छ’ हेलिकप्टर सदरमुकाम मार्तडी अन्द्राडी पुगेर सुत्केरी लिएर सुर्खेत हुँदै काठमाडौं गएको हो ।

‘सुत्केरी रगत धेरै बगेको छ, २ दिनसम्म सिकिस्त भइन्’ आफन्त रामबहादुर बोहराले भने, ‘हामी निरास थियौं ।’


गाउँबाट अस्पताल पुग्न जान २ दिन लाग्ने बोहराले बताए । अघिल्लो महिना पनि बाजुराकै काँडा स्वास्थ्य चौकीमा ४ दिनदेखि सुत्केरी व्यथाले छट्पटाइरहेकी १९ वर्षीया गर्भवतीलाई प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले हेलिकोप्टरबाट उद्धार गरेको थियो ।


बाजुरामा अधिकांश विकट गाउँबाट साविकका गाविसमा रहेका स्वास्थ्य चौकीसम्म पुर्‍याउन पनि घण्टौंसम्म डोकोमा बोकेर हिँड्नुपर्ने बाध्यता छ । सुदूरपश्चिमका बाजुरा, दार्चुला र बझाङका, अछाम धेरैजसो गाउँबस्ती सडक यातायातको पहुँचबाट टाढा छन् । बाजुरा जिल्ला अस्पतालका प्रमुख डा. विश्वकर्माले प्रसूतिसम्बन्धी अप्ठेरो परे उपकरण र दक्ष चिकित्सक अभावमा उपचार कठिन हुने बताए ।


बाजुराको अतिविकट गौमुल गाउँपालिका–१ अन्द्राणीकी २२ वर्षीया अन्जना बोहरा सुत्केरीका क्रममा साल अड्किएपछि बुधबार उपचारको लागि काठमाडौं लगिँदै : फोटो सौजन्य निमेन्द्र शाही

प्रकाशित : फाल्गुन ८, २०७५ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?