कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालयलाई ७० लाख

कान्तिपुर संवाददाता

धनगढी — बझांगी राजा जयपृथ्वी बहादुर सिंहपछि अमेरिका पुग्ने दोस्रो सुदूरपश्चिेमेली हुन भुगोलविद् डा. तुलसीराम जोशी । उनलाई बिहिवार राष्ट्रिय माध्यमिक बिद्यालयका बिद्यार्थी र अभिभावकले धनगढीमा सम्मान गरे । रथयात्रा निकालेर उनलाई नगर परिक्रमा गराए ।

बिद्यालयले आफनो २७ औं बार्षिकोत्सवको अवसर पारेर डा. जोशी दम्पतिको रथयात्रा मात्रै गराएन । बिद्यालयको नाम नै राष्ट्रिय तुलसीराम मावि राखेको छ । उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अभिनन्दन गरे ।

अनाथ र बिपन्न परिवारका बालबालिकाको पुर्ण छात्रबृत्तिका लागि डा. जोशीले बिद्यालयलाई ७० लाखको अक्षय कोष स्थापना गरेका छन् । शिक्षा नियमावली अनुसार सामुदायिक बिद्यालयलाई कम्तीमा ७० लाख नगद दान गर्ने दाताका नाममा बिद्यालयको नामाकरण गर्न सकिने ब्यवस्था छ ।


५४ बर्षअघि छात्रबृत्ति कोटामा अमेरिका पुगेका डा. जोशी ख्याती प्राप्त भुगोलविद् हुन् । त्यसैले भन्छन्, ‘आफनो जीवनमा कमाएको केहि अंश नेपालको दुर्गम, बिकट र बिपन्न तथा अनाथ बालबालिकालाई खर्चदै आएको छु ।’

उनले बिगत तिन दशकदेखी जन्मथलो बझाङका बिपन्न र जेहेन्दार बिद्यार्थीहरूलाई उच्च शिक्षामा छात्रबृत्ति दिदै आएका छन । हाल सम्म १५ जनालाई छात्रबृत्ति दिएका छन ।


बझांगीलाई मात्रै होईन नेपालका अरु ४० जनालाई अमेरिकामै छात्रबृत्ति दिएर पढाई रहेका छन । उनी आफुले दिएको छात्रबृत्तिबाट अध्ययन बिद्यार्थीहरूमा अधिकांसले बिभिन्न बिषयमा डिग्री गरेको देख्दा खुसी लागेको बताउछन । उनका अनुसार छात्रबृत्ति पाएकाहरू डाक्टर, ईन्जिनियर र नर्स भएका छन ।


आमा नेपाल छदै बितेका वुवाको अन्तिम संस्कारमा डा.जोशीलाइ सहभागी हुने अवसर भने जुरेन । त्यसैले अहिले उनी आमा र वुवाको नाममा जन्मथलो बझांगको शान्ति मावि चौघानमा वुवा भानुभक्तका नाममा १२ लाखको अक्षय कोष र बान्नीचौर उच्व माविमा आमा महालक्ष्मी जोशीको नाममा १२ लाखको अक्षय कोष स्थापना गरेका छन । त्यस्तै आफु पढेको सत्यवादी उच्व माविमा पनि अक्षय कोष स्थापना गर्न लागेको उनले जानकारी दिए ।


५४ बर्ष अघि ईष्टवेष्ट सेन्टरबाट पुर्ण छात्रबृत्ति पाएर डा. जोशी अमेरिका पुगेका हुन । बझांगी राजा जयपृथ्वी बहादुर सिंह पछि अमेरिका पुग्ने दोस्रो सुदूरपश्चिमेली बने । उनको घरजम उतै भयो । उनकी श्रीमती बिदेशी नागरिक हुन । श्रीमती म्यारालोन पनि एक शिक्षिका भएकीले बिपन्न परिवार र गरिव देशमा शिक्षामा लागनी गर्नमा सहमत हुने गरेकी छन् ।


डा. जोशीले पिटसवर्ग युनिभर्सिटीबाट भुगोलमा पिएचडी गरेका छन । पिएचडी गर्दै उनले त्यहि बिश्वबिद्यालयमा लामो समय करिव ४० बर्ष प्राध्यापक भएर काम गरे । उनले अमेरिकाको एरिजोना स्टेट बिश्वबिद्यालयमा पनि ईन्सट्रक्टर र एसिसटेण्ट प्रोफेसरको रुपमा काम गरिसकेका छन् । लामो समयदेखी अमेरिकामा बसिरहेका जोशीले नेपालको शिक्षा क्षेत्रमा सक्दो योगदान पुर्‍याउने बताउछन् ।

प्रकाशित : फाल्गुन १०, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?