२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बाघको आक्रमणमा दुईजना घाइते

गणेश चौधरी

टीकापुर — टीकापुरमा बाघको आक्रमणमा परी दुईजना घाइते भएका छन् । बिहीबार बिहान टीकापुर नगरपालिका-९ पार्क रोडमा ट्राफिक प्रहरी जवान देवीभक्त धिताल र स्थानीय १४ वर्षीय बालक सम्राट शाह घाइते भएका हुन् । 

बाघ बस्तीमा पसेपछि प्रहरीले सुरक्षाका लागि घेरा हाल्दा एक्कासी आक्रमण गरेको जनाइएको छ । बाघले ४/५ पटक आक्रमण गरेको र घाइते प्रहरीको टीकापुर अस्पतालमा उपचार गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।


बाघ स्थानीयको करेसाबारीमा पसेेको र नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको सिहले बताए ।

प्रकाशित : फाल्गुन २३, २०७५ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?