एनआरएन महिलाको सहयोगमा छात्रवृत्ति वितरण 

मोहन बुढाऐर

धनगढी — कैलालीका विभिन्न विद्यालयमा विपन्न र जेहान्दार २१ जना विद्यार्थीहरुलाई एनआरएन महिलाले २ लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरेको छ  ।

पढाईमा अब्बल तर वादी दलित, जनजाति र विपन्न समुदायबाट विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको अभाव हुन नदिन २ जोर पोसाक र २ जोर जुत्ता, कापी कलम, पेन्सिल, ज्यामिती बक्स लगायतका सामग्री वितरण गरिएको हो । उनीहरु रहेक वर्ष उक्त सामग्री विद्यार्थीले पाउने भएका छन् ।


एनआरएन वुमन फोरम स्विजरल्यान्डकी संयोजक शुभा इल्मार लामाको सक्रियतामा नारी समाज पर्चुगलकी संयोजक सीता बराल, स्वीजरल्यान्ड बस्दै आएकी विजया भट्ट, समुन पन्त, उषा ज्याक्युट र शान्ति स्मिरिकाको आर्थिक सहयोगमा विद्यार्थीहरुले छात्रवृत्ति पाएका हुन् ।


स्थानीय सञ्चारकर्मी प्रकाश मिश्रका अनुसार बालकन्या मावि मुढाका ७ जना, बाल ज्योति मावी घोडाघोडीका ३, मेलघट्टी मावी जरहिका २, छडी मावि बेलारका २, दरख मावि हरि नगरका १ र कान्ति मावि पहलमानपुका २ गरी २१ जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिइएको हो ।

प्रकाशित : फाल्गुन २४, २०७५ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?