कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सरसफाइ सिक्दै बालबालिका

वसन्तप्रताप सिंह

बझाङ — कुनै बेला थियो । स्कुलका विद्यार्थीहरू (विषेशगरी प्राथमिक विद्यालय तहका) धूलैधूलोले पोतिएका हुन्थे । बिहान सफासुग्घर बनाएर स्कुल पठाएका केटाकेटी साँझ फर्किंदा अभिभावकलाई नै चिन्न मुश्किल हुन्थ्यो । अहिले समय फेरिएको छ । जिल्लाका अधिकांश स्कुलको सरसफाइको अवस्था सुधार हुन थालेकोे छ । घरबाट फोहोरी भएर गएका विद्यार्थीहरू पनि स्कुलबाट चिटिक्क भएर आउन थालेका छन् ।

सरसफाइ सिक्दै बालबालिका

‘पहिले र अहिलेको हेर्ने हो भने त धेरै सुधार भएको छ,’ कैलाशपति प्राथमिक विद्यालयका प्रधानाध्यापक हरिश्चन्द्र जोशी भन्छन्, ‘स्कुलमा सरसफाइको सुविधाहरू पनि थपिएका छन् । विद्यार्थीको आनिबानी पनि सुधार भएको छ ।’ विद्यालयमा खानेपानी र हात धुने धाराको व्यवस्था, चर्पीहरू निर्माण साथै फोहोर फाल्ने खाल्डा निर्माण भएपछि स्कुल र विद्यार्थीहरूको सरसफाइमा सुधार आएको
उनले बताए ।


जिल्लाका विभिन्न २ सय ९५ वटा विद्यालयहरूमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले सरसफाइका संरचनाहरू निर्माण गर्ने र शिक्षक तथा विद्यार्थीहरूलाई सरसफाइसम्बन्धी जानकारी दिने काम गरिएका कारण विद्यालयहरू सफा राख्न सहयोग पुगेको हो । सरसफाइको महत्व बुझाउने, हात धुने तरिका बताउने, व्यक्तिगत, घरायसी र वातावरणीय सरसफाइका बारेमा दिनहुँजसो जानकारी दिने गर्नाले विद्यार्थीको आनीबानीमा समेत परिर्वतन आएको शिक्षक अभिभावकहरू बताउँछन् ।

‘पहिला केटाकेटीलाई सरसफाइ गर भनेर हामीले सिकाउनुपथ्र्याे । अचेल उनीहरू हामीलाई सिकाउने भएका छन्,’ छबिसपाथीभेरा गाउँपालिका कँडेलकी शान्ति रेग्मीले भनिन्, ‘स्कुलमा सफा वातावरणमा बसेका हुनाले घरमा पनि त्यस्तै बनाउन खोज्छन् । बालबालिकाहरू निकै सुध्रिएका छन् ।’ विद्यार्थीले स्कुलमा सिकेको सरसफाइसम्बन्धी ज्ञानले घरआँगन सफा राख्न पनि सहयोग पुगेको उनले बताइन् ।


कतिपय स्कुलहरूमा विद्यार्थीहरूले बाल क्लब गठन गरि विद्यालय र समुदायमा समेत सरसफाइ अभियान चलाउन थालेका छन् । बझाङका १ सय १८ वटा विद्यालयमा बालक्लबले आफ्नै कोषसमेत स्थापना गरेर सरसफाइसम्बन्धी विभिन्न क्रियाकलापहरू सञ्चालन गरिरहेको जिल्ला शिक्षा एकाइ प्रमुख सुरेन्द्र कठायतले बताए । स्थानीय तह र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा १ सय ५० भन्दा बढी विद्यालयमा टिपी ट्याप (सामूहिक रूपमा हात धुने धाराहरू) निर्माण गरिएको बताउँदै उनले यस्ता खालका संरचनाले विद्यार्थीको नियमित सरसफाइ गर्ने बानी व्यवहारमा सुधार आएको दाबी गरे ।

शिक्षक विद्यार्थीहरूलाई सरसफाइसम्बन्धी तालिमका साथै संरचनाहरू पनि निर्माण भएपछि अहिले विद्यार्थीहरू सफासुग्घर हुने गरेको छबिसपाथीभेरा गाउँपालिकामा पर्ने लक्ष्मी प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगिरी सार्कीले बताए । उनले भने, ‘सरसफाइमा विद्यार्थीहरूको ज्ञान धारणा र अभ्यासमा परिर्वतन आएको छ, उनीहरूले सरसफाइको महŒव र आवश्यकता बुझेपछि स्कुलको वातावरण नै सफा भएको छ ।’

प्रकाशित : फाल्गुन २९, २०७५ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?