कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कैलालीमा बिहेकाे गाडीमा आगजनी, तीनजना पक्राउ 

मोहन बुढाऐर

धनगढी — नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले कैलालीमा बिहेको गाडी जलाएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी आभुषण तिम्सिनाले म १ ख ४४१ नम्बरको  बसलाई कैलालीको मसुरिया र बडैपुरको नजिकमा बिहेको गाडी जलाएको बताए । 

कैलालीमा बिहेकाे गाडीमा आगजनी, तीनजना पक्राउ 

भजनीबाट आइरहेका बेला बडैपुरमा राति १ बजे विप्लवका कार्यकर्ताले रोकेर आगजनी गरेकोे उनले बताए । उनका अनुसार बसमा जन्ती र बाजा बजाउने टोली थिए । उनीहरुलाई बाहिर निकालेर आगजनी गरेका हुन ।

यसैगरी, बिहीबार बिभिन्न ठाउँमा शंकास्पद वस्तु भेट्टएिको छ । उक्त समूहले आज आयाेजना गरेकाे बन्दका कारण धनगढी, टिकापुर, सुख्खड, लम्की, भजनी लगायतका बजारहरु समेत बन्द छन् । लामो तथा छोटो दुरीका बसहरु समेत चलेका छैनन् । बजारमा अटोरिक्सा र मोटरसाइकल मात्रै चलेका छन् । बन्दका कारण बाटोमै रोकिएका गाडीलाई प्रहरी स्कर्टिङमा बिहान गन्तब्यमा पठाइएकाे थियाे।

यसैबीच विप्लवका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ समेत गरेको छ । उनीहरुलाई गोदावरी सडक खण्ड छेउबाट पक्राउ गरेको जनाएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?