कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

संक्रमित महिलालाई परिवार पाल्नै सकस

मोहन शाही

डोटी — कलिलै उमेरमा पूर्वी चौकी गाउँपालिका पोखरीकी धौली कामीले श्रीमान् गुमाइन्  । एचआईभी संक्रमित उनका श्रीमान् बितेको १२ वर्ष भइसक्यो  ।

परिवार पाल्न भारत गएका श्रीमान्बाट उनी पनि संक्रमित भइन् । त्यही गाउँकी अर्की दुर्गा थापाका श्रीमान् लक्ष्मी थापाको पनि एचआईभीले नै ज्यान लियो । अहिले परिवारको लालनपालनको जिम्मेवारी धौली र दुर्गाको काँधमा छ । दुर्गालाई २ छोरा र एक छोरीलाइ कसरी हुर्काउने भन्ने चिन्ताले दिनदिनै च्याप्दै गएको छ ।


दिपायल सिलगढी नगरपालिका सिरखोलीसैनकी पिर्मा भुल पनि संक्रमित हुन् । ४ सन्तानकी आमा पिर्मा एकल महिला हुन् । सन्तानहरूमध्ये एउटा संक्रमित छन् । उनलाई साँझबिहानको छाक टार्न मुस्किल छ । गुजारा गर्न सेती नदी किनारमा गिट्टी कुटे पनि छाक टार्न धौधौ छ ।एचआईभी संक्रमित सदस्य रहेका परिवारमा हुने यस्ता व्यथा केही उदाहरण माक्र हुन् । अधिकांश संत्रमित महिलाले अनेक समस्या र पीडासँग जुध्नुपरेको छ । श्रीमान् बितेका महिलालाई झन् बढी समस्या छ । छाक टार्ने चाँजोपाँजोसँगै छोराछोरीको पढाइलेखाइको चिन्ता महिलाको टाउकोमा छ । १८ वर्षअघि श्रीमान् गुमाएकी पूर्वीचौकी गाउँपालिका मटेलाकी जगु थापाका ५ छोराछोरी छन् । घरको आयस्रोत केही छैन । लुगाकपडा र खान लगाउन पनि अर्काको सहारा लिनुपर्छ । केही संस्थाले आयस्रोत बढाउन बाख्रापालन दिए पनि जीविकोपार्जन असहज छ । ‘एक दुई बाख्रा पालेर केही हुँदैन, बाल्यावस्थाका छोराछोरीको स्याहार गर्ने कि त्यो बाख्राको हेरचाह गर्नु’, जगुले दुखेसो सुनाउँदै भनिन्, ‘बसी खानलाई न पुर्ख्यौली सम्पत्ति छ, न त कुनै रोजीरोटी चलाउने काम नै पाइन्छ ।’


रोग र गरिबीको चपेटामा परेका एचआईभी संक्रमितहरू स्थानीय तहमा बन्ने योजनाहरूमा प्राथमिकतामा पनि परेका छैनन् । कुनै फनि स्थानीय तहले यस्ता बिरामीहरू संक्रमित लक्षित बजेट विनियोजित गरेका छैनन् । विगतमा लक्षित वर्गको बजेटबाट स्थानीय निकायहरूमा संत्रमितका लागि बजेट विनियोजन गर्ने व्यवस्था थियो । हाल त्यो व्यवस्थापनि हटाइएको बताउँदै संक्रमित अगुवा कमला मल्लले दुखेसो गरिन् । ‘कुनै पनि स्थानीय तहहरूले संक्रमितहरूको स्याहार र आयआर्जनका लागि बजेट विनियोजन गरेका छैनन्’, मल्लले भनिन्, ‘जो सबैभन्दा पीडामा छन्, उनीहरूलाई नै वास्ता नगर्नु अन्याय हो ।’ डोटीमा ८ सय ४६ एचआईभी संक्रमितमध्ये ५ सय ५४ महिलाहरू छन् । २ नगरपालिका र ७ गाउँपालिका रहेको डोटीमा कुनै पनि स्थानीय तहहरूले संक्रमितहरूका लागि बजेट छुट्याएका छैनन् ।


दिपायल सिलगढी नगरपालिकाले सक्रमितहरूको स्वास्थ्य उफचार र आयआर्जनका कार्यक्रममा सहयोग गर्ने नीति तथा कार्यत्रममा उल्लेख गरेको भए पनि बजेट वक्तव्यमा भने बजेट विनियोजन गरेको छैन । सबैभन्दा बढी संक्रमित संख्या रहेको पूर्वीचौकी गाउँपालिका र आदर्श गाउँफालिकाले संक्रमितहरूका लागि न्यून कार्यत्रम राखेका छन् । पूर्वीचौकी गाउँपालिकाले सक्रमितहरूलाई उपेक्षा नगरेको दाबी गर्दै उनीहरूका लागि पोषण र आयआर्जनमा सहयोग गर्ने अध्यक्ष दीर्घ बोगटीले बताए । ‘प्राथमिकतामा नै राखेका छौं, उनीहरूको स्वास्थ्य उपचार, पोषण र आयआर्जनमा सहयोग गर्ने नै हो,’ उनले भने, ‘यसै आर्थिक वर्षभित्र त्यो काम गर्दै छौं ।’


एचआईभी संक्रमित महिलाहरूको पीडा बढी छ । ‘धेरैजसो समस्या महिलामाथि आइपरेको छ, पुरुषप्रधान समाजमा त्यसै पनि महिलामाथि जिम्मेवारी हुन्छ,’ स्वास्थ्य कार्यालय डोटीका तेजविक्रम शाहीले भने ‘पढाउनु लेखाउनुदेखि सन्तानहरूको स्याहार गर्न नसक्दा बिचल्लीमा परेका महिला बढी छन् ।’ डोटीमा अधिकांश महिलाका श्रीमान् नै पहिला एचआईभी संक्रमित हुने गरेका छन् । पुरुष संक्रमित भए पनि परिवारबाट टाढा बस्न घरबाहिर नै हुन्छन् । उनीहरू समाजमा खुल्न पनि चाहँदैनन् । घरमा बसेर मेलापात तथा खेतबारीको काम गर्नुपर्ने भएकाले महिलाहरूको पारिवारिक दायित्व बढी हुन्छ ।

प्रकाशित : चैत्र ६, २०७५ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?