२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

होलिमा झुम्यो पश्चिम

तराईका कैलाली र कञ्चनपुर तथा अन्य पहाडी जिल्लाका बासिन्दा बिहानै देखि रंगमा रंगिए । आफन्त र शुभचिन्तकहरूलाई अबिर दले । अंकमाल गर्दै होलिको शुभकामना आदानप्रदान गरे । 

धनगढी — सुदूरपश्चिम बुधवार होली पर्वको उल्लासमा झुमेको छ । बिभिन्न जातजाती र समुदायले आफ्नै मौलिक परम्परा अनुसार होलि पर्ब मनाए ।

होलिमा झुम्यो पश्चिम

तराईका कैलाली र कञ्चनपुर तथा अन्य पहाडी जिल्लाका बासिन्दा बिहानै देखि रंगमा रंगिए । आफन्त र शुभचिन्तकहरूलाई अबिर दले । अंकमाल गर्दै होलिको शुभकामना आदानप्रदान गरे ।


कैलालीमा परम्परागत पोशाकमा देखिए, रानाथारु समूदाय । उनीहरूले बजार क्षेउको आफ्नै वस्तीहरूमा होली खेले । नाचगान गर्दै धुमधामसम्म मनाइने होलीले अन्य समूदायको पनि मन खिचेको देखियो । भातृत्व र भाइचाराको पर्ब मानिन्छ, होलि । होली यो समूदायका लागि पनि उत्तिकै महत्वपूर्ण पर्ब हो । एक–आपसमा अंकमाल गर्दै वर्षभरि भएको सत्रुता र रिस राग मेटाउने पर्वका रुपमा पनि रानाथारु समूदायले होली पर्वलाई उपयोग गरे ।


रानाथारुको होली सातासम्मै चल्छ । यो समूदायका महिला, पुरुष एकै ठाउँ भेला हुन्छन् । एकैनासको पोशाकमा मौलिक गीत गाउँदै ढोलकको संगीतका साथ उनीहरू आफ्नो समूदायका घरघरमा पुग्छन् । यो समूदायले मनाउदै आएको होली पर्वमा भगवान श्रीकृष्ण र राधाले होली पर्वमा गाएका प्रेम प्रशंग समेटछन् ।


होली बजार

रंगहरूको पर्व मानिन्छ, होली । पर्बका अवसरमा सुदूरपश्चिम प्रदेशको ठुलो बजार धनगढी होली मार्केट बनेको छ । बजारका अन्य पसल बन्द भएपनि अबिर, पिच्कारी र होलि अंकित चित्र भएका लुगाको ब्यापार बढेको हो । पछिल्लो समय ‘हेप्पी होलि’ लेखिएका टि–र्सट बिक्री बढेको छ । सेतो टि–सर्टमा रंगहरू छर्केर रमाईलो गर्ने लहर बढेको ब्यापारी ऋषी पौडेलले बताए । ‘२ दिनमा लाखौंको टि–र्सट बिक्रि हुन्छन । एउटै पसलमा एक हजार थानभन्दा बढी टिसर्ट बिक्रि भए,’ उनले भने ।


धनगढी सुदूरपश्चिम प्रदेशको ब्यापारिक ‘हब’ हो । पछिल्ला दिनमा यहाको होली मार्केट फस्टाएको छ । रंगहरूको पर्व होलीमा रंगको ब्यापार पनि हात्तै बढेको अर्का ब्यापारी लाल बहादुर रावलले बताए । ‘२ दिनमा १ करोड बढीको रंग र पिच्कारी बिक्री भएको अनुमान छ ।


होली रमाईलो पर्व भएकाले रेष्टुरेन्ट खुबै चले,’ उनले भने । बजार चम्किने भनेकै स्थानीय पर्व र बिशेष अवसरमा हो । बिभिन्न जातजातीको सरोबरी बसोबास रहेको सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा २ दिनसम्मै होली मनाइन्छ । बुधवार यी दुई जिल्लामा सरकारी बिदा थिएन । यहा बिहीवार मात्रै होली विदा दिइएको छ ।


हराउदै मौलिकता

दार्चुलामा पनि निकै उत्साह र उल्लासपुर्बक फागु पूर्णिमा (होली पर्व) मनाइएको छ । विभिन्न समुह बनाएर होली खेलिरहेका र रङ दलीरहेका दृष्य दिनभर देखिए । पछिल्ला दिनमा भने होलिको मौलिकता हराउदै गएकोमा पुरानो पुस्ता चिन्तित छ ।


गाउँघरमा मौलिक गीत गाएर, नाचेर होली खेल्नुको सट्टा वनभोज जानेको जमात बढदै गएको छ । युवापुस्ताले आफ्नै परम्परा र संस्कारलाई महत्व दिनुको साटो रमाइलोका लागि मात्र होली खेल्ने चलन बढेको छ ।


सहरी क्षेत्रमा राजनीतिक दलमा आवद्ध संघसंगठन, आमा समुह, पत्रकार र कर्मचारी मिलेर छुट्टाछुट्टै समुह बनाएर होली खेले । रङहरूको पर्व होली पुर्णिमासम्म धुमधाम मनाइन्छ । होली पर्वमा विशेषगरी मादल र झ्यालीको तालमा कनैया होली कथा गाउने, नाच्ने, गाउने, एक आपसमा रंग दल्ने, लोला हान्ने लगायतका गतिविधि हुन्छन ।


समूह बनाएर खेलिने होलीमा भेटी स्वरुप हजारौ रुपैया जम्मा हुने गरेको छ । यसरी होली खेलेर संकलन भएको रकमबाट बनभोज जाने र बचत रकमले विभिन्न सामाग्रीहरू खरिद गर्ने चलन छ ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?