३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ट्याक्टरबाट खसेर महिलाको मृत्यु 

रासस

बैतडी — फागु पूर्णिमा मनाएर फर्किने क्रममा ट्याक्टरबाट खसेर बुधबार साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया-३ का ४५ वर्षीया सीतादेवी ऐरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

महाकाली राजमार्गअन्तर्गत धरमघर होली खेलेर घर फर्किने क्रममा सुर्नया गाउँपालिका-३ धरमघर नजिकै ठूलाखोला भन्ने स्थानमा ट्याक्टरबाट खसेर उनकोे मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँझ ६ बजेतिर से१त ७६४९ नंको ट्याक्टरको ट्रालीबाट ऐरीले हामफाल्दा गम्भीर घाइते भएकी ऐरीलाई जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । चालक दीपक डगौंरा र ट्याक्टर प्रहरीको नियन्त्रणमा छ ।

प्रकाशित : चैत्र ७, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?