१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

धनगढी–अछामबीच हवाई सेवा सञ्चालन

रासस

अछाम — सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा सुरु भएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक धनगढीदेखि साँफेबगरसम्मको उडान सञ्चालनमा ल्याएको हो । 

धनगढी–अछामबीच हवाई सेवा सञ्चालन

यस क्षेत्रका यात्रुको सहजताका लागि शुक्रबारदेखि धनगढीदेखि साँफेबगरका लागि नियमित उडान भर्न सुरु गरिएको समिट एयरका अछाम प्रतिनिधि दीपक दुवालले जानकारी दिउ । समिट एयरमा धनगढी–साँफेबगरसम्म १७ मिनेटमै यात्रा गर्न सकिने भन्दै उनले यात्रुको चाप र मागलाई मध्यनजर गरी हप्तामा सातै दिन उडान भर्न सकिने बताए ।


धनगढीदेखि साँफेबगरसम्मका लागि ३ हजार ३ सय ५० रुपैयाँ भाडादर कायम गरिएको छ । धनगढी–साँफेबगर नियमित हवाई सेवा सञ्चालन हुँदा अछामसहित बाजुरा र डोटी जिल्लाका यात्रुलाई पनि सहज हुने भएको छ ।


यसअघि नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि साँफेसम्म निरन्तर दोहोरो उडान सञ्चालन गरिरहेकामा फागुन २२ गतेदेखि समिट एयरले पनि नेपालगञ्जदेखि साँफेबगर उडान सुरु गरेको थियो । नेपाल एयरलाइन्सले हरेक आइतबार र बिहीबार उडान भर्दै आएको छ ।

प्रकाशित : चैत्र ८, २०७५ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?