कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

यसरी नासियो बडका वन

चुरेदेखि भारतको दुदुवा नेसनल पार्क जोड्ने बडका वनको भजनी र हसुलियाबीचको क्षेत्र लगभग सकिएको अवस्थामा छ ।
मोहन बुढाऐर

कैलाली — कुनै बेला कैलालीको बडका वनभिक्र हराएको व्यत्ति फर्केर आउला भन्ने आशा कमैले राख्थे । अहिले त्यो जंगल छर्लंग देखिने भएको छ । बूढो, बांगोटिंगो र ढुंग्रो परेका रूखबाहेक पुनरुत्पादन सालको जंगल छैन । १० हजार बढी हेक्टर अतिक्रमणको चपेटामा परेको बडका वनको अहिलेको क्षेत्रफल २५ हजार जति मात्रै छ ।

यसरी नासियो बडका वन

चुरेदेखि भारतको दुदुवा नेसनल पार्क जोड्ने बडका वनको भजनी र हसुलियाबीचको क्षेत्र लगभग सकिएको अवस्थामा छ । झमुना असिना र सिन्दरे झाडीबाहेक जंगलभित्र उपयोगी साल मुस्किलले भेटिने गरेको इलाका वन कार्यालय भजनीका सहायक वन अधिकृत हरिलाल यादव बताउँछन् ।


५ वर्षदेखि उनी यही इलाकामा कार्यरत छन् । उनी भन्छन्, ‘यो ठाउँमा आउनका लागि पहिलापहिला मन्त्रालयसम्मको सहायक वन अधिकृतहरूको दौडधुप चल्थ्यो । अहिले यस क्षेत्रमा आउन मान्दैनन् ।’ कुनै बेला बडका वनका वन्यजन्तुका सिकारी ज्ञानेन्द्र शाह आफ्नो जीवनको उत्तरार्द्धमा संरक्षण अभियन्ता बनेका छन् । अब्राहम लिंकन पुरस्कारसमेत पाएका उनी पछिल्लो समयमा संरक्षणमा किन जुटे ? भन्छन्, ‘जंगल पनि सकियो, वन्यजन्तु पनि हराए, विनाश मात्रै निम्तियो, त्यसैले हो ।’


बडका वनको विनाशले कैलालीको दक्षिणी भेक बाढीग्रस्त भएको उनले बताए । ‘जिल्लाको राम्रो अन्न उत्पादन हुने उर्वरभूमिमा बाढी र बालुवाले पाटेको छ,’ उनले भने, ‘५ मिटर चौडा नदी ५० मिटर फराकिला भएर बग्दा हरेक बर्खाले उर्वर खेत बगाउँदै लगेको छ । बाढीबाट विस्थापित परिवारको जंगल बास हुन थालेको छ ।’ शाहले पछिल्लो समयमा बाढीपीडितका नाममा बडका वनभिक्रै दर्जन अतित्रमण बस्ती बसेको बताए ।


वसन्ता सामुदायिक वन समन्वय समिति पूर्वअध्यक्ष खोजराम चौधरीले अतिक्रमित बस्ती, काठ चोरी तस्करीले बडका वन पातलिएको मात्रै छैन, उपयोगी सालका रूखहरू सकिएको बताउँछन् । उनका अनुसार सिन्दुर झाडी मात्रै बचेको छ । त्यो पनि खोक्रो भइसक्यो । दुदुवा नेसनल पार्कको सम्बन्ध पनि टुटेको छ ।


उनका अनुसार चोरी तस्करीले जंगल सकिँदै गएको हो । हरेक वर्ष बाढीपीडितका नाममा अतिक्रमण क्षेत्र बढ्दै गएको छ । नयाँ र पुरानो गरी १० हजारभन्दा बढी हेक्टर जंगल क्षेक्र अतित्रमणको चपेटामा परेको छ । हुलाकी सडक क्षेत्रको वन सबैभन्दा बढी खस्केको छ ।


कसरी सकियो

उहिलेउहिले पहाडमा भूमाफियाले तराईमा आवादी खुलेको हल्ला फैलाउँथे । खाद्य संकट हुने बस्तीबाट बसाइँ सर्नेको लर्को लाग्थ्यो । रातारात जंगल फँडानी गरेर बस्ती बस्थ्यो/बसाइन्थ्यो । खासगरी चुनाव आउन ५/७ महिनाअघि जंगल अतिक्रमण हुने गरेको थियो ।


स्थानीय ६५ वर्षीय भगतलाल चौधरीले उहिले पहाडियाहरूले आफूहरूको बडका वन आवादी गरेर सकेको बताए । अहिले काठचोरी निकासी र बाढीपीडितले अतिक्रमण गरिसकेको बताए । ‘पहिला पहाडबाट मान्छे ल्याएर जंगल फाँडेर बस्ती बसाइन्थ्यो,’ उनले भने, ‘नेता, वन विभाग सबैको मिलेमतोमा बस्ती बसाइन्थ्यो ।’


चौधरीका अनुसार रातारात जंगल फँडानी भएर दिउँसो टहरामा मान्छे बसेको देखिन्थे । भूमाफियाले जग्गामा बस्नेहरूबाट पनि रकम लिने गरेका थिए । काटिएका रूखहरू र काठ ट्रकका ट्रक ढुवानी भएर बाहिर पठाइन्थ्यो । उनले जंगल विनाशको यो चरण ०५७ सम्म चलेको बताए । पञ्चायत र बहुदलीय व्यवस्था दुवैमा नेताहरूको वनमाथि गिद्देदृष्टि रह्यो,’ अर्का संरक्षणकर्मी विजय श्रेष्ठले भने, ‘कांग्रेस/एमालेका केही नेताले ५० को दशकमा जंगललाई भोट र नोटको राजनीति गर्ने थलो बनाए ।’ मुलुकमा राजनीतिक शासन व्यवस्थालाई माओवादीको सशस्त्र द्वन्द्वले नखलबल्याएसम्म नेताले सुकुम्बासी आयोगको नामबाट जंगलमाथि भोट र नोटको राजनीति गरेको उनको बुझाइ छ ।


जिल्ला वनको तथ्यांकअनुसार ०२९ देखि ६० को अवधिमा आधा जंगल आवादीमा सकिएको देखिन्छ । जिल्ला भूमिसुधार कार्यालयका अनुसार ०४६ देखि ०६० सम्म कैलालीमा सुकुम्बासीका नाममा आयोगले एक सयभन्दा बढी हेक्टर जंगल फाँडेर वितरण गरेको छ । सुकुम्बासीहरूका नाममा जंगल अतिक्रमण कैलालीको डुडेझाडी घटनापछि रोकिएको छ ।


सशस्त्र द्वन्द्वबाट बाहिर निस्केको माओवादी सत्तामा पुगेपछि कांग्रेस र एमालेको सिको गर्‍यो । उसले पनि सुकुम्बासीका नाममा आफ्ना कार्यकर्तालाई डुडेझाडीमा जंगल अतिक्रमण गराई बसाउन खोजेको थियो । माओवादीको झन्डा फरफराएर डुडेझाढीमा करिब एक हजार परिवारले टहरा थापेका थिए । तत्कालीन सत्ताबाट एमाओवादी बाहिरिएपछि एमाले सरकारले बल प्रयोग गरी डुडेझाडी अतिक्रमण खाली गराएको हो । बल प्रयोग गर्दा ५ सुकुम्बासी र ३ प्रहरीको ज्यान गयो ।


भजनीका खुमबहादुर खड्काले बडका वन ०६० को दशकमा विनाश भएको बताए । उनले वनक्षेत्र विनाश हुँदै गएकाले वरपरको जंगल बचाउन आफूले राधाकृष्ण सामुदायिक वन २०५७ मा दर्ता गरेको जानकारी दिए । उतिबेला यहाँबाट काठ भारततिर पनि तस्करी हुने गरेको उनले बताए । भारतीय काठ तस्करहरू सीमावर्ती नेपालको जंगलमा हतियारसहित आउँथे ।


‘जंगलभित्र बसेर काठ चिरान पनि गर्ने र सिकार पनि खेल्ने गर्थे,’ उनले भने, ‘त्यसबेला भारतीय तस्करहरूलाई को रोक्न सक्ने ?’ गाउँमा समेत डकैती गरेर जाने गरेको उनी बताउँछन् । उनले आफूले सामुदायिक वन बनाएपछि यो क्षेत्रमा अन्य सामुदायिक वन बनेको बताए । ‘सामुदायिक वनले बडका वनको विनाशलाई रोकेको हो,’ उनले भने, ‘तर पछिल्ला वर्षमा सामुदायिक वन र इलाका वनमा राम्रा मान्छेको अभावले फेरि बडका वन क्षेत्र संकटमा पर्दै छ ।’


जिल्ला वन अधिकृत अमरबहादुर बुलेनका अनुसार कैलालीको नयाँ र पुरानो गरी २५ हजार हेक्टर जंगल अतिक्रमित छ । बडका वनभिक्र मात्रै १० हजार हेक्टर अतित्रमण भएको छ । ‘अन्तर्राष्ट्रिय जैविक मार्ग भएकाले बडका वनको महत्त्व छ,’ उनले भने, ‘त्यसको संरक्षण र सुधारका लागि संरक्षित क्षेत्र बनाउने तयारीमा छौं ।’ ०६८ को तथ्यांकमा वसन्ता वन क्षेक्रको १ हजार तीन सय ३१ हेक्टर वनक्षेत्र अतित्रमित थियो । हाल २ हजार बढी हेक्टर वन क्षेक्र अतित्रमणको चपेटामा परेको छ ।


जैविक विविधता, जैविक मार्ग र तालतलैयाको दृष्टिकोणले अति महत्त्वपूर्ण बडका वनको समथर भावर र तराई क्षेत्र करिब ७५ प्रतिशत छ । औसत लम्बाइ ३४ किलोमिटर छ भने २४ किलोमिटरको चौडाइमा बसेको छ । करिब ६३ हजार १ सय २२ हेक्टर वन क्षेत्रमा २७ वटा तालतलैया पर्छन् । जलाशय र नदीको १ हजार ६ सय १३ हेक्टर क्षेत्रफल छ ।


घाँसे मैदान करिब १ हजार हेक्टर छ । बगर र बैलोटे क्षेत्र ३ हजार हेक्टरभन्दा बढी छ । उजाड भूमि २ सय हेक्टर छ । यसको कृषि क्षेत्र १४ हजार १४ हजार ४ सय ३८ छ । कैलालीका साबिकका १५ गाविससँग वसन्ता संरक्षित वनमा १ सय ५० भन्दा सामुदायिक वन पर्छन् ।


मन्दिर स्कुल र विकासका नाममा

कैलालीमा पछिल्ला वर्षमा मठ मन्दिर, स्कुल तथा सार्वजनिक भवन निर्माण गर्दा वनको क्षेत्र रोज्ने प्रवृत्ति बढेको पहलमानपुर वन डिभिजनका उप सचिव दीपक ज्ञवालीले बताए । बडका वन क्षेत्रमा ५ सयभन्दा बढी हेक्टर विद्यालय, सरकारी भवन, मन्दिर, बसपार्क, सडक बाटो लगायतका विकासका पूर्वाधारबाट नासिएको छ । ‘स्थानीय तहसँग वनको द्वन्द्व बढेको छ’ उनले भने ।


तालको प्रयास

कैलालीको बडका वनलाई अन्तर्राष्ट्रिय जैविक मार्गको विकास गर्न तराई भूपरिधि कार्यक्रम (ताल) ले १५ वर्षदेखि काम गर्दै आए पनि बलुवामा पानी खन्नाएजस्तै भएको छ । जैविक मार्गभिक्र अतित्रमण, चोरी सिकारी वन फँडानीमा कमी नआएको ताल कार्यक्रमका पूर्णश्वर सुवेदीले बताए ।


भारतको जिमखकट्टे राष्ट्रिय निकुञ्जदेखि रौतहटको बाग्मती किनारसम्मको अन्तर्राष्ट्रिय वन्यजन्तु जैविकमार्ग बनाउने अवधारणाअन्तर्गत तराई भूपरिधिले वसन्ता अर्थात् बडका वन क्षेत्रमा सन २००१ देखि काम सुरु गरेको हो ।

प्रकाशित : चैत्र २४, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?