शुक्लाफाँटामा बाह्रसिंगा गणना

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगा र नीलगाईको गणना सुरु भएको छ । २४ औं वन्यजन्तु सप्ताहको सुरुवातसँगै आइतबार बाह्रसिंगा र नीलगाईको गणना थालिएको हो ।

बाह्रसिंगा र नीलगाई बाघका मुख्य आहारा हुन् । गणनामा खटिएका निकुञ्जका रेञ्जर यमबहादुर रावतले ५ गतेसम्ममा बाह्रसिंगा र नीलगाईको गणना सकिने बताए ।


‘हेड काउन्टिङ’ पद्धतिबाट निकुञ्जमा डेढ दशकदेखि बाह्रसिंगाको गणना गरिंदै आएको छ । २०१३ मा गरिएको गणनाअनुसार शुक्लाफाँटामा बाह्रसिंगाको संख्या २ हजार ३ सय १ छ । त्यसपछि हरेक वर्ष वन्यजन्तु सप्ताहकै अवसरमा अनुगमन गरिए पनि गणना भएको थिएन । निकुञ्ज कार्यालयसँगै राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा कार्यक्रम र जेडएसएलको प्राविधिक सहयोगमा बाह्रसिंगा र नीलगाईको गणना भइरहेको हो ।




प्रकाशित : वैशाख ४, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?