दिल्लीबाट काठमाडौं जाँदै गरेको बसमा शंकास्पद वस्तु भेटियो

मोहन बुढाऐर

धनगढी — सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले गएराति पौने १ बजे दिल्लीबाट काठमाडौं जाँदै गरेको बसमा शंकास्पद बिस्फोटक पदार्थ बरामद गरेको छ ।

सशस्त्र प्रहरीका एसपी विष्णु दत्त भट्टका अनुसार ना ६ ख ७२४५ नम्बरको बसलाई पूर्व-पश्चिम राजमार्गको डुडेझारी खण्डमा सशस्त्र प्रहरीले छड्के जाँच गर्दा कपडामा लुकाइ राखेको बेवारिसे शंकास्पद विस्फोटक पदार्थ बरामद भएको हो। उनले फेला परेको वस्तु विस्फोटक पदार्थको 'भेरीफाई' भइरहेको बताए।

उनले कपडा भित्र लुकाइ राखेको बम तथा अन्य हतियारमा बनाउन प्रयोग हुने डिटोनेटर सहित ल्पापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायतका सामग्रीहरु बरामद गरिएको बताए।

'शंका लागेर बिस्फोटक पदार्थ लुकाएको कपडाको पोका बरामद गरेको हो,' एसपी भट्टले भने, 'बिहान पोका खोलेर हेर्दा शंकास्पद बिस्फोटक पदार्थ फेला परेको हो।' उनले अहिले नवलपरासीमा उक्त बसलाई नियन्त्रणमा लिएको बताए। उनले बरामद भएको शंकास्पद पदार्थको 'भेरीफाई' गरि जिल्ला प्रहरीलाई थप अनुसन्धानका लागि पठाउने जानकारी दिए।

प्रकाशित : वैशाख ७, २०७६ १३:२६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जंगली मौरीले टोक्दा तीनजना बेहोस 

प्रताप रानामगर

दमौली — तनहुँकाे ऋषिङ्ग ४ भीरकोट अधेरीमा घाँस दाउरा काट्ने क्रममा शनिबार जंगली मौरीले टोक्दा तीनजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय हिरालाल विक, टंकलाल विक र कमल विक रहेको स्थानीय दानबहादुर श्रेष्ठले बताए । तीनै जना बेहोस छन् ।

उनीहरुलाई उपचारका लागि पोखरा लैजाने तयारी भइरहेको छ । सँगै रहेका दिलबहादुर विक भने भागेर सुरक्षित भएको उनले बताए ।

प्रकाशित : वैशाख ७, २०७६ ११:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT