१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दिल्लीबाट काठमाडौं जाँदै गरेको बसमा शंकास्पद वस्तु भेटियो

मोहन बुढाऐर

धनगढी — सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले गएराति पौने १ बजे दिल्लीबाट काठमाडौं जाँदै गरेको बसमा शंकास्पद बिस्फोटक पदार्थ बरामद गरेको छ ।

सशस्त्र प्रहरीका एसपी विष्णु दत्त भट्टका अनुसार ना ६ ख ७२४५ नम्बरको बसलाई पूर्व-पश्चिम राजमार्गको डुडेझारी खण्डमा सशस्त्र प्रहरीले छड्के जाँच गर्दा कपडामा लुकाइ राखेको बेवारिसे शंकास्पद विस्फोटक पदार्थ बरामद भएको हो । उनले फेला परेको वस्तु विस्फोटक पदार्थको 'भेरीफाई' भइरहेको बताए ।


उनले कपडा भित्र लुकाइ राखेको बम तथा अन्य हतियारमा बनाउन प्रयोग हुने डिटोनेटर सहित ल्पापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायतका सामग्रीहरु बरामद गरिएको बताए ।

'शंका लागेर बिस्फोटक पदार्थ लुकाएको कपडाको पोका बरामद गरेको हो,' एसपी भट्टले भने, 'बिहान पोका खोलेर हेर्दा शंकास्पद बिस्फोटक पदार्थ फेला परेको हो ।' उनले अहिले नवलपरासीमा उक्त बसलाई नियन्त्रणमा लिएको बताए । उनले बरामद भएको शंकास्पद पदार्थको 'भेरीफाई' गरि जिल्ला प्रहरीलाई थप अनुसन्धानका लागि पठाउने जानकारी दिए ।


प्रकाशित : वैशाख ७, २०७६ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?