सचिव नियुक्तिको बाटो खुल्यो

धनगढी — सुदूरपश्चिम प्रदेशसभाको मंगलबार बसेको बैठकबाट प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेसँगै प्रदेशसभामा सचिव नियुक्त गर्ने बाटो खुलेको छ । लामोसमयदेखि अल्झिएको प्रदेशसभा सञ्चालन नियमावली पहिलो संशोधन २०७५ पनि बहुमतले पारित भएको छ । 

प्रदेशसभा सञ्चालन नियमावली २०७४ माथिको पहिलो संशोधनमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संशोधन प्रस्ताव पेश गरेको थियो । तर सत्तारुढ दलसंँग दुई तिहाइ बहुमत रहेका कारण प्रमुख प्रतिपक्षी दलको उक्त प्रस्ताव बहुमतले अस्विकृत भएको हो ।


प्रदेशसभा नियमावली २०७४ को पहिलो संशोधनका क्रममा सरकारले सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको पुनःसंरचना प्रस्ताव अघि बढाएको थियो । सरकारको प्रस्तावमा यसअघि नियमावलीमा ब्यवस्था भएको प्रतिपक्षी दलको नेता सदस्य रहने प्रावधानलाई हटाएर सभामुख, उपसभामुख र प्रदेशसभा सचिव र प्रशासनिक प्रमुख गरी ४ जना रहने गरी संशोधन भएको छ ।


नियमावली ६ बुँदामा संशोधन गरिएको छ । समितिमा प्रमुख प्रतिपक्षी दलको नेतालाई सदस्य नराख्ने भएपछि कांग्रेसले विरोध गर्दै आएको थियो । बहुमतले विधेयक पारित भएपछि प्रमुख प्रतिपक्षी दलका नेता रणबहादुर रावलले सत्तारुढ दलले दुई तिहाईको दम्भमा बल मिच्याई गरेर स्शोंधन पारित गरेको आरोप लगाए ।

प्रकाशित : वैशाख १२, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?