कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धार्मिक क्षेत्रको सुधारमा स्थानीय तह अग्रसर

डीआर पन्त

डडेलधुरा — २१ बर्षीय चन्द्र दमाइलाई आफ्नो कुल देवताको मन्दिरका बिषयमा कमै जानकारी थियो । गाउँमा रहेको उनीहरूको कुल देवताको मन्दिर जिर्णोद्धार गर्न पहिलो पटक गाउँपालिकाले २ लाख बजेट छुट्टयायो । बजेट पाएपछि गाउँ नजिकैको जंगल छेउमा झाडीमूनी रहेको मन्दिर पहिलो पटक जिर्णोद्धार भएको छ । 

धार्मिक क्षेत्रको सुधारमा स्थानीय तह अग्रसर

हर्कबहादुर मगरले पनि आफ्नो समुदायको पहिरन, संस्कृति र इतिहासको बिषयमा पहिलो पटक जानकारी पाएका हुन् । १८९० मा उनका पितापुर्खा पूर्वी नेपालबाट खोरिया फाँडै डडेलधुराको भागेश्वर गाउँपालिकामा पुगेका हुन् । तेस्रो पुस्तामै आफ्नो संस्कृति बिर्सिएर डोटेली संस्कृतिमा मिसिएका जनजातिहरूले पहिलो पटक मगर बाहुल्य क्षेत्रमा १५ दिन बसेर आफ्नो संस्कृति र इतिहासका बिषयमा जानकारी पाएका हुन् ।


‘केही परम्परागत पोशाक पनि लिएर आएका छौं’ हर्कबहादुरले भने ‘आफ्नो संस्कृति र इतिहासका बिषयमा जानकारी पाएपछि गर्व महशुस भएको छ ।’ स्थानीय सरकार बनेपछि पिछडिएका समूदायको संस्कृति र पहिचान जोगाउन केही काम भएका छन् ।


हरेक स्थानीय तहले ग्रामिण क्षेत्रमा रहेका कला संस्कृति र सभ्यतासँग जोडिएका धरोहरको संरक्षणका लागि ठूलो बजेट खर्चिएका छन् । गाउँगाउँमा रहेका सामुहिक मठ मन्दिर, ताल, पुरातात्विक महत्वका क्षेत्र, सभ्यता र संस्कृतिका बिषयमा जानकारी हुने विभिन्न क्षेत्रमा स्थानीय तहले लगानी गरेका छन् ।


जुनसुकै गाउँटोलमा पुगेपनि सामुहिक स्वामित्वमा रहेका विभिन्न जातजाती र संस्कृतिलाई प्रतिनिधित्व गर्ने मठ मन्दिर, प्राचिन देवलहरू, ताल तलैया, गुफा, पुरातात्विक महत्वका धरोहर पुनर्निमाण र जिर्णोद्धार भएको देख्न सकिन्छ । स्थानीय तहका विकास योजनामा सडकपछि सबैभन्दा बढी बजेट मन्दिर जिर्णोद्धार र पुनर्निमाणमा विनियोजन भएको देखिएको छ ।


‘विकासका अन्य योजनामा जस्तो अनियमिता यस शीर्षक योजना देखिन्न’ असिग्राम माध्यामिक विद्यालयका शिक्षक रामदत्त जोशी भन्छन् ‘दलित, जनजाती, लोपोन्मूख राउटे जाती र आदीवासीहरूको संस्कृतिको संरक्षणका लागि उल्लेख्य काम भएको देखिएको छ ।’


धार्मिक सांस्कृतिक क्षेत्रमा आएको बजेट स्थानीय तहले सामुहिक जिम्मेवारी लिएर काम गर्ने भएकाले अनियमिता हुन नपाएको हो । भागेश्वर, अजयमेरु, परशुराम, आलीताल, गन्यापधुरा र अमरगढी नगरपालिकाले २ बर्षमा धार्मिक सांस्कृतिक क्षेत्रमा उल्लेख्य रकम खर्च गरेका छन् ।


‘मतदाता रिझाउनका लागि होस् या संस्कृति र सभ्यताको संरक्षण गर्न । जे उद्देश्य भएपनि २ बर्षमा स्थानीय तहले आफ्नो बजेटको ठूलो हिस्सा यस क्षेत्रमा खर्च गरेको छ’ अजयमेरु गाउँपालिकाका एकजना कर्मचारीले भने ‘निर्माण भएदेखि जिर्णोद्धार नभएका थुप्रै मठ मन्दिर र ऐतिहासिक धरोहरको पुनर्निमाण भएको छ ।’


स्थानीय तहको यो प्रयासले जिल्लामा रहेका धेरै पुरातात्विक महत्वका सम्पदाको संरक्षण पनि भएको छ । चर्चामा रहेका उग्रतारा मन्दिर, घटाल बाबा क्षेत्र, जगन्नाथ धाम, परशुराम धाम, आलीताल, गर्ग क्षेत्र, परिक्षित फाँटा, भागेश्वर मन्दिर, अजयमेरु कोट, अमरगढी किल्ला मात्र होइन ग्रामिण क्षेत्रका सम्पदा तथा पुरातात्विक महत्वका धरोहरको संरक्षणमा स्थानीय तहले लगानी गरेका छन् ।

प्रकाशित : वैशाख १२, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?