कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

औलोको उच्च जोखिममा सुदूर

कञ्चनपुर — सुदूरपश्चिम प्रदेश औलोको उच्च जोखिममा रहेको छ । देशभरि भेटिने बिरामीमध्ये आधा बढी यहि क्षेत्रमा हुने गरेको स्वास्थ्य विभागको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रदेशका कैलाली, कञ्चनपुर र बाजुरा जोखिमका हिसाबले देशकै अग्रस्थानमा छन् ।


महाशाखाका अनुसार गत आवमा देशभरिमा १ हजार १८७ औलो रोगी भेटिएका छन् । तीमध्ये आधा जति सुदूरपश्चिममा छन् । महाशाखा प्रमुख घनश्याम पोखरेलका अनुसार कैलालीमा ३ सय १, कञ्चनपुरमा १ सय ३७ र बाजुरामा ६० औलोका बिरामी भेटिएका हुन् ।


‘हामीले विगतमा जोखिममा राखेका क्षेत्रमा मात्रै औलोका रोगी भेटिन्छन् भन्ने रहेनन्,’ विश्व औलो दिवसका अवसरमा महेन्द्रनगरमा बिहीबार आयोजित कार्यक्रममा उनले भने, ‘बाजुराको कोल्टी र मुगुको ह्रंयालुगमा समेत औलोका बिरामी भेटिएका छन् ।’ उनले विगतमा तराई र गर्मी हुने ठाउँमा माक्रै औलोको संत्रमण हुने भएपनि केहि वर्षयता पहाडी र हिमाली क्षेत्रमा पनि यसका बिरामी देखिन थालेका छन् । उनका अनुसार बाजुरामा औलोका बिरामी भेटिएका ६० जनामध्ये कोल्टीका समेत छन् ।


पोखरेलका अनुसार गत आवमा देशभर १ हजार १ सय ८७ औलोका बिरामी स्वास्थ्य संस्था र स्वयंसेविकाको सम्पर्कमा आए । जसमध्ये ५ सय ८६ सुदूरपश्चिमका छन् । सबैभन्दा कम प्रदेश १ मा २४ जना मात्रै औलोका बिरामी भेटिए । यसैगरि प्रदेश २ मा ६६, ३ मा २६ गण्डकीमा ३६, प्रदेश ५ मा २ सय ३९ र कर्णालीमा २ सय १० जना भेटिएका छन् ।


महाशाखाका अनुसार स्थानीय औलो भन्दा आयातित औलोबाट बढी संक्रमण गरेको देखिन्छ । गत आवमा भेटिएका बिरामीमध्ये ६ सय ३० जना आयातित औलोबाट प्रभावित भएका थिए । गत वर्ष भारतको सुरत र बरेलीमा औलोले महामारीको रुप लिएको थियो । भारतका विभिन्न ठाउँबाट घर फर्किएकाहरूसँंगै भिक्रिएको औलोले बढी संत्रमण गरेको महाशाखाको तथ्यांकले देखाएको छ ।


सदुरपश्चिममा गत वर्ष दार्चुलामा औलोका बिरामी भेटिएका थिएनन् । तर यस वर्ष २ जना बिरामी भेटिएका छन् । नेपालले २०२५ सम्म देशबाट औलो मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । अघिल्लो वर्ष १ हजार १२८ बिरामी भेटिएका थिए भने गत वर्ष १ हजार १८७ जना ।


‘स्थानीय भन्दा पनि आयातित औलो बढी भएकाले नियन्त्रणमा समस्या देखिएको छ,’ सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका निमित्त प्रमुख जनस्वास्थ्य अधिकृत रमेश मलासीले भने, ‘तराईबाट लामखुट्टे पहाड हुँदै हिमाली जिल्ला सम्म पुग्न थालेका छन्, यो पनि एक प्रमुख चुनौती हो ।’ उनले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम उच्च जोखिममा रहेकाले यहाँ अझै बढी सक्रिय र संवेदनशील भएर लाग्नुपर्ने बताए ।

प्रकाशित : वैशाख १३, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?