जिल्ला इन्चार्जसहित १० पक्राउ

बाजुरा — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला ईन्चार्ज भुपेन्द्र बिकसहित १० जना पक्राउ परेका छन्  । बिकलाई बुढीगंगा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो  ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले उनीहरूलाई मंगलबार विहान पक्राउ गरेको हो ।

अन्य पक्राउ पर्नेमा जिल्ला सचिब भरत थापा, महिला संघ क्रान्तिकारीका केन्दि्रय सदस्य पवित्रा बिक, जिल्ला कमिटी सदस्य अंगराज भण्डारी रहेका छन् ।

विद्यार्थी कमिटीका गोरख रोकाया, समिक्षा बिक, सुशिला बिक, सुस्मिता बिक, केशातार बिक र प्रेम थापासमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

उनीहरूबाट विभिन्न विष्फोटक पदार्थ र चन्दा संकलन गरेका रसिदसमेत फेला परेको प्रहरीले जनाएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता ऐन ०७४ अनुसार बिष्फोटक पदार्थसम्बन्धी कसुर ऐनमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १८, २०७६ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?