सूचनाविहीन सूचना अधिकारी

बाजुरा — स्थानीय तहलगायत विभिन्न कार्यालयमा कार्यरत सूचना अधिकारीहरू आफै सूचनाविहीन हुने गरेको देखिएको छ । उनीहरू आफु कार्यरत कार्यालयका योजना र उपलब्धीमासमेत अनभिज्ञ देखिएका छन् । 

शुक्रबार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको स्थानीय तहसहित र्सार्वजनिक निकायमा कार्यरत सूचना अधिकारीको बैठक आयोजना गरेको थियो । कार्यक्रममा स्थानीय तहका सूचना अधिकारीले कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्न सकेनन् । जिल्लाका ९ वटै स्थानीय तह र सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयका सूचना अधिकारी सहभागी थिए ।


बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाका सूचना अधिकारीले कार्यालयबाट भए गरेका केही कामको प्रगति प्रस्तुत गर्न सकेका भए पनि बुढीनन्दा नगरपालिका, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउ“पालिकाका सूचना अधिकारीले भने कुनै विवरण प्रस्तुत गर्न सकेनन् । उनीहरूले आफूहरू सूचना अधिकारी भएपनि कार्यालयको कामबारे कुनै जानकारी नभएको बताए ।


प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने बोलाएको उक्त बैठकमा त्रिवेणी नगरपालिका, जगन्ननाथ गाउ“पालिका र हिमाली गाउँपालिका भने सहभागी नै भएनन् । सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले जिल्लाका नगर तथा गाउ“पालिकाको आर्थिक वर्ष०७५ को माघदेखि चैत मसान्तसम्मको प्रगति प्रतिवेदनसहित सूचना अधिकारीलाई उपस्थित हुन पत्राचार गरिएको भएपन ३ वटा स्थानीय तहका सूचना अधिकारी उपस्थित नभएको बताए ।


जिल्ला समन्वय समिति बाुजरामा भने सूचना अधिकारी नै नभएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी न्यौपानेले तत्काल जिल्ला समन्वय समितिलाई सूचना अधिकारी नियुक्त गर्न पनि निर्देशन दिएका छन् ।


कार्यक्रममा आएका सूचना अधिकारीहरूले प्रमुख प्रशासकीय अधिकृत नभएकाले कार्यालयका कामकाज र प्रगतिको जानकारी नभएको बताएका हुन् ।


– संगीता तिमल्सेना (प्रशिक्षार्थी)

प्रकाशित : वैशाख १९, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?