कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

मोहन शाही

डोटी — डोटीको बडीकेदार गाउँपालिका ५ मान्नाकापडीको वडा कार्यालयमा आगजनी भएको छ । सोमबार राति वडा कार्यालयमा आगजनी भएको वडाअध्यक्ष बिरेन्द्र कोटकेनीले जानकारी दिएका छन् ।

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

उनले नेत्रविक्रम चन्द समूहले आगजनी गरेको हुन सक्ने अनुमान रहेको बताए । वडाध्यक्ष कोटकेनीले आगजनीबारे बिहानमात्र आफूले स्थानीयमार्फत जानकारी पाएको बताए ।


आगजनीबाट वडा कार्यालयको एक कोठे कच्ची भवन पूर्णरुपमा जलेको छ । कार्यालयका कागजात, फर्निचर लगायत सम्पूर्ण सामान जलेका छन् ।


घटनाबारे जानकारी पाएपछि बिपीनगर प्रहरी चौकीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताए ।

प्रकाशित : वैशाख २४, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?