झुण्डिएकाे अवस्थामा किशोरीकाे शव फेला

बैतडी — मेलौली नगरपालिका ७ मा झुण्डिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ । मेलौली ७ बनालीकी १९ वर्षीया सावित्री चन्दको शव घर नजिकै रुखमा झुण्डिएको अवस्थामा बुधबार साझँ फेला परेको प्रहरीले जनाएको छ । 

मणिलेक माध्यमिक विद्यालय मेलौलीमा १२ कक्षा अध्ययनरत ती छात्राको मृत्युको कारण खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ 'घटनाबारे अनुसन्धान भइरहेको छ, अहिले केही भन्न सकिने अवस्था छैन,' जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।

मृतक किशाेरीको कोठामा भेटिएकाे सामानका आधारमा मेलौली-१ का प्रशान्त क्षेत्रीलाई पक्राउ गरिएको छ ।


किशाेरीकाे काेठामा प्रशान्तको पर्स फेला परेको आधारमा अनुसन्धानका लागि पक्राउ गरेकाे गिरीले बताए बताए । 'पर्समा नागरिकता, फोटो र १० हजार नगद पनि रहेको छ । त्यही आधारमा अनुसन्धानका लागि प्रशान्तलाई पक्राउ गरेका हौं,' प्रहरी नायब उपरीक्षक गिरीले भने ।

प्रकाशित : जेष्ठ २, २०७६ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?