कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरीमाथि हत्या आरोप

बैतडी — पाटन नगरपालिका ६, लदेडाका ७४ वर्षीय कमलाकान्त पन्तलाई जिल्लामा कार्यरत ५ प्रहरीले कुटपिट गरी हत्या गरेको आरोप लागेको छ । 

पाटनस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक अशोकबहादुर पाल, प्रहरी हवलदार जनकसिंह धामी र सुकराम राना, प्रहरी जवान दानसिंह भण्डारी र भूपेन्द्र महराले पन्तको हत्या गरेको आरोप लागेको हो ।

मृतकका आफन्तले प्रहरीको कुटपिटबाट कमलाकान्तको मृत्यु भएको दाबी गरेका छन् । ५ प्रहरीविरुद्ध किटानी जाहेरी पनि जिल्ला प्रहरी कार्यालयमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए । उनले भने, ‘राति गस्तीका बेला प्रहरीहरूले हत्या गरेको आरोप लागेको छ । अनुसन्धान गरिरहेका छौं ।’ दोषी भेटिए कारबाही प्रक्रिया अगाडि बढाउने उनले बताए ।

कमलाकान्तका कान्छा छोरा प्रकाशकुमार पन्तले ५ प्रहरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा उजुरी दिएका छन् । ३ दिनअघि पन्तले हँसिया प्रहार गर्दा स्थानीय शान्ता पन्त पनि घाइते भएकी थिइन् ।

प्रकाशित : जेष्ठ ३, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?