आगलागीमा एकै परिवारका तीन जनाको मृत्यु

बैतडी — घरमा आगलागी हुँदा पुरचौडी नगरपालिका-५ कुवाकोटमा एकै घरका तीन जनाको मृत्यु भएको छ । बुधबार राति पुरचौडी-७ स्थित बसपार्क किनारकाे टहरामा बस्दै आएका उनीहरुको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

आगलागीमा एकै परिवारका तीन जनाको मृत्यु

मृत्यु हुनेमा ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती बिन्द्रा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।

राति १० बजेतिर आगलागी भएको उनले बताए । सुत्ने ठाउँ नजिकै आगो बाल्ने चुलो रहेकोले सोही ठाउँमा रहेको आगो सल्केर मृत्यु भएको प्रारम्भिक अनुमान गरेको उनले बताए । घट्नाबारे थप अनुसन्धान भने भइरहेको गिरीले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?